Wednesday, April 14, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

भूटानी क्लबलाई शहीद भीमनारायण गोल्डकप उपाधि

Must Read

Under construction bridge collapsed in Bhutan killing 3 workers, missing many more

A 204 meter long bridge under construction on Wangchhu river has collapsed in Haa-Damchhu segment of the road. It collapsed...

Communities raise concerns about crimes in Columbus, OH

The Bhutanese Community of Central Ohio (BCCO) along with a few other organizations have expressed concerns over the violent...

Manual on Nepali language curriculum released

After two years of consistent effort to design the curriculum for teaching Nepali language in the Diaspora of Nepali...
  • विनोद ढुङ्गेल, काठमाण्डौं, नेपाल
पूर्वी नेपालको धनकुटास्थित तल्लो टुँडिखेलमा भएको १० औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधिमाथि फ्यान्स क्लब (बीआरसी) भूटानले कब्जा जमाएको छ । अप्रिल ८ मङ्गलवार सम्पन्न फाइनल खेलमा मोरङको युनाइटेड स्पोर्टिङ क्लबलाई २-० गोलअन्तरले हराउँदै फ्यान्स क्लबले पहिलो सहभागितामा नै उपाधि हात पार्न सफल भएको हो ।
च्याम्पियन भूटानी फ्यान्स क्लबले नगद पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ भने उपविजेता युनाइडेट स्पोर्टिङ क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ ।

(सौजन्यः गोलनेपाल डट् कम)
फ्यान्स क्लब (बीआरसी) का खेलाडी (सौजन्यः गोलनेपाल डट् कम)

खेल शुरु भएको ५ औं मिनेटमा नै प्रकाश बुढाथोकीले गरेको गोलबाट बीआरसीले अग्रता लिएको थियो। खेलको ४० औं मिनेटमा भूटानी कप्तान युगलकिशोर राईले हानेको कडा प्रहार गोलपोष्टमा ठोक्किँदा भूटानी टोलीले अग्रता दोब्बर पार्ने एउटा मौका चुकायो । दोस्रो हाफको पहिलो मिनेटमा पिउसले गोलरक्षकबाट रिबाउन्स्ड बललाई डि-बक्सबाट शानदार ढङ्गले जाली चुमाउँदै सुन्दर गोल गरे ।
खेल सकिनका लागि १० मिनेट बाँकी छँदा डिफेन्डर निरज बस्नेत दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिर गएपछि युनाइटेड स्पोर्टिङ क्लब दश खेलाडीमा सीमित हुन पुगेको थियो ।
पाँच जना अफ्रिकी मूलका खेलाडी सम्मिलित भुटानी भूटानी क्लबका प्रकाश बुढाथोकी प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेवापत म्यान अफ द टुर्नामेन्ट घोषित भए। प्रकाशलाई शहीद भीमनारायणका छोरा सभासद मनोहरनारायण श्रेष्ठले नगद पुरस्कार ५५ हजार रुपैयाँ प्रदान गरे ।
फाइनल खेलको म्यान अफ द म्याच भने युनाइटेड स्पोर्टिङका भरत साह भए। उनले ओम साई इलेक्ट्रोनिक्स सेन्टरद्वारा प्रायोजित मोबाइल फोन पाए ।
अप्रिल ६ मा भएको सेमिफाइनल खेलमा अतिरिक्त समयको १२ औं मिनेटमा कप्तान युगलकिशोर राईले गरेको निर्णायक गोल मद्दतले नेपालको सशस्त्र प्रहरीको विभागीय टोली एपीएफलाई २-१ गोल अन्तरले पराजित गर्दै भूटानको फ्यान्स क्लब फाइनलमा पुगेको थियो ।
पहिलो सेमिफाइनलमा निर्धारित समयसम्म दुवै टिमका तर्फबाट १-१ गोल भएको थियो। बराबरी भएपछि थप गरिएको १५ मिनेट समय सकिन दुई मिनेट मात्र बाँकी हुँदा एपीएफका डिफेन्डरलाई छलाउँदै युगलकिशोरले आकर्षक गोल गरेर भुटानी टोलीलाई फाइनलमा पुर्याउन सफल भएका थिए। सो खेलमा भुटानी कप्तान युगलकिशोर ुम्यान अफ द म्याचु घोषित भएका थिए । भूटानी टोलीसित सामना गर्न आइपुगेको मोरङको युनाइटेड स्पोर्टिङ क्लबले भने सेमिफाइनलमा एफसी काठमाडौंलाई २–१ गोल अन्तरले पाखा लगाएको थियो ।
सन् १९७४ मा नेपाली काँग्रेसले प्रजातन्त्रका लागि तत्कालीन निरंकुश पञ्चायती राजतन्त्रविरुद्ध हतियार उठाउने निर्णय गरेपछि क्याप्टेन यज्ञबहादुर थापाको नेतृत्वमा गरिएको सशस्त्र संघर्षका क्रममा शहीद भएका भीमनारायण श्रेष्ठको नाममा यो खेलको आयोजना गरिएको हो। क्याप्टेन यज्ञबहादुर थापासँगै भीमनारायण श्रेष्ठलाई पनि ओखलढुङ्गाको टिम्बुरबोटेबाट गिरफ्तार गरी काठमाडौंको सेन्ट्रल जेलमा थुनिएको थियो। त्यहीँबाट राजारानी भेट्न पोखरा लैजाने भनी सन् १९७९ फेब्रुअरी ६ तारिख मङ्गलवारका दिन हेटौंडातिर लगेर सरकारी सुरक्षाकर्मीहरुले उहाँहरू दुवै जनालाई गोली हानी हत्या गरेका थिए ।

म्यान अफ् दि म्याच, सेमी साइन्नल (सौजन्यः गोलनेपाल डट् कम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest News

A supreme court judge and army officer charged of corruption

Bhutan’s court system is once again rigged by the charges against high profile army officer and supreme court judge....

More Articles Like This