Thursday, July 29, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

गीतकार काफ्लेको एकल एल्बम प्रकाशित

Must Read

नेपालीभाषी भूटानी युवा गीतकार राकेश काफ्लेका एकल शब्दहरू र विभिन्न छुट्टा छुट्टै भावमा संग्रहित “तुलसी मञ्जरी” गीत तथा गजलहरूको संगालो एल्बम गत माहिना बजारमा आएकोछ ।

तुलसी मञ्जरीको आवरण
तुलसी मञ्जरीको आवरण

एल्बमकी प्रमुख प्रकाशक तुलसा रेग्मीका अनुसार उक्त सङ्कलनमा दुई श्रृंगारिक गजलहरू र पाँच समसामयिक आधुनिक गीतहरू रहेका छन्।

राजु कार्की, वसन्त सापकोटा, उमेश सुब्बा लगायतका संगीतकारहरुले सङ्गीत गरेका गीतहरुमा पोखराका युवा गायक-गायिका सिडि विजय अधिकारी र मनिसा राईले आवाज दिएका छन्।

२०१५ सालको जनवारीमा दिवाङ्गत भएकी गीतकारकी हजुरमुमा स्व. मनमाया काफ्लेप्रति समर्पित तुलसी मञ्जरी अमेरिकाको आइओवा राज्यबाट तुलसा रेग्मी र राजन छेत्री, मिचिगन राज्यका नन्दु दंगाल र ओहायो राज्यका यादव प्याकुरेको आर्थिक सहयोगमा बजारमा आएको हो ।

“वितेर जानु भएकी मेरी ममतामयी हजुरमुमा प्रति समर्पण र मलाई जन्माउनु हुने मातापिताको सम्मानमा यो एल्बम प्रकाशन गर्न पाउँदा म अत्यान्तै भाग्यमानी महसुस गर्दैछु । मलाई सहायता गर्नु हुने सबै प्रति कृतज्ञ छु ।” – भूटान समाचार सेवालाई प्रेषित सन्देशमा गीतकार काफ्लेले उल्लेख गरेका छन् ।

कला क्षेत्रमा सानैदेखि लगाव राख्ने काफ्ले पुनर्बास कार्यक्रमपछि पनि साहित्यमा निक्कै सक्रिय छन्। काफ्ले भूटानी ढुकढुकी कार्यक्रमका सञ्चालक पनि हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest News

बिएएससीको दशौं टुर्नामेन्ट अर्को वर्ष जुलाईमा

पेन्सलभेनिया । भूट्निज अमेरिकन स्पोर्ट्स काउन्सिल (बिएएससी) को दशौं टुर्नामेन्ट अर्को वर्ष जुलाईमा हुने भएको छ । संस्थाको १०...
- Advertisement -

More Articles Like This