Wednesday, April 14, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

‘कंगारुको देशबाट’ बजारमा आउँदै

Must Read

श्रीरामचरितमानस- नेपाली भाषामा पनि

सोह्रौ शताव्दीमा गोस्वामी तुलसीदासद्वरा रचित ‘श्रीरामचरितमानस ’ ग्रंथ विश्व प्रसिद्ध मधुरतम ग्रंथ हो।वर्तमान  समयमा हिन्दू जगतमा...

मारुतीनन्दन पञ्चाङ्गमाथि कोलम्बसमा छलफल सम्पन्न

नेपाली सम्वाददाता / कोलम्बस, ओहायो        विगत पाँच वर्षदेखि प्रकाशनमा ल्याएको मारुतीनन्दन नेपाली पञ्चाङ्ग तथा भित्तेपात्रोको छैठौ प्रकाशन गत आइतबार...

बिएएससीको दशौं टुर्नामेन्ट अर्को वर्ष जुलाईमा

पेन्सलभेनिया । भूट्निज अमेरिकन स्पोर्ट्स काउन्सिल (बिएएससी) को दशौं टुर्नामेन्ट अर्को वर्ष जुलाईमा हुने भएको छ । संस्थाको १०...

पदम काफ्ले
सिड्नी, अस्ट्रेलिया 

भूटानी समाज अस्ट्रेलियाका उदयमान युवा गजलकारहरुको संयुक्त प्रयासमा ‘’कंगारुको देशबाट’ नामक गजल सङ्ग्रह चाँडै नै प्रकाशित हुने तयारीमा रहेको छ ।

kangaroo-ko-deshbataप्रकाशकहरुका अनुसार अस्टेलियाका विभिन्न प्रान्तमा बसोबास गर्दै आएका नेपाली मूलका भूटानी गजलकारहरुले तीन पुस्ताका गजलहरु संकलन गरी उक्त कृति प्रकाशन गर्न लागिएको हो । क्रिएटिभ सर्कल अस्ट्रेलियाले प्रकाशनमा ल्याउन लागेको उक्त कृतिमा २५ जना गजलकारहरुको २०३ वटा गजलहरु समेटिएका छन् ।

भूटानभित्र, नेपालका विभिन्न शिविरमा छँदा र तेस्रो मुलुक पुनर्वासँगै नेपाली भाषी भूटानीहरुले निरन्तर गुणस्तरीय नेपाली साहित्यिक कृतिहरु प्रकाशन गरिरहेका छन् । गजल संग्रह ‘’कंगारुको देशबाट’ ले पनि नेपाली साहित्यको श्रीवृद्धिमा टेवा पुर्याउने नै विश्वास गरिएको छ ।

कृतिको सम्पादन दुर्गा रिमालले गरेका छन् भने कार्यकारी सम्पादकहरुमा प्रकाश धमला, रिमेन आलोक र छत्र दंगाल रहेका छन् । यही आउँदो १५ अक्टोबरमा अस्ट्रेलियाको मेलबोर्न सहरमा आयोजना हुने एक भव्य सांस्कृतिक कार्यक्रमबिच उक्त कृतिको विमोचन हुने कुरा आयोजक मध्येका झगेन धिमालले जानकारी दिए ।

Latest News

लेखनाथ जयन्ती सम्पन्न

ह्यारिस्बर्गः २९ दिसम्बरः आइतवारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५...

More Articles Like This