Wednesday, April 14, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

बदलिएको कर्तव्य

Must Read

श्रीरामचरितमानस- नेपाली भाषामा पनि

सोह्रौ शताव्दीमा गोस्वामी तुलसीदासद्वरा रचित ‘श्रीरामचरितमानस ’ ग्रंथ विश्व प्रसिद्ध मधुरतम ग्रंथ हो।वर्तमान  समयमा हिन्दू जगतमा...

मारुतीनन्दन पञ्चाङ्गमाथि कोलम्बसमा छलफल सम्पन्न

नेपाली सम्वाददाता / कोलम्बस, ओहायो        विगत पाँच वर्षदेखि प्रकाशनमा ल्याएको मारुतीनन्दन नेपाली पञ्चाङ्ग तथा भित्तेपात्रोको छैठौ प्रकाशन गत आइतबार...

संस्कृत कक्षा सन्चालन

सि.एम. निरौला/ ह्यारिस्बर्ग जेट वाल्डले ह्यारिस्बर्गमा संस्कृत कक्षा सन्चालनमा ल्याएको छ। यो तेस्रो समुह हो ! सो कक्षालाई प्रज्ञ कक्षको नामले चिनिने गरेको छ। हिन्दु...

एक दिनको कुरा हो म स्वास्थ्य बिमाबारे बुझ्न काउण्टी अफिस गएको थिएँ केस वर्करलाइ भेटेर माथिल्लो तलाको सिँढीबाट तल ओर्लदै थिएँ सिँढीको बीच भागमा आइपुगेको थिएँ त्यहीं दुईजनाको सहारामा एक जना अधबैँसे मानिस माथिल्लो तलातिर चढ्दै थिए ती मानिसको दाहिने हात एक युवकले र देब्रे हात एउटी युवतीले समाएका थिए ती दुईका सहारामा अधबैँसे मानिस सिँढीका खुट्किलाहरूमा घिस्रिरहेको थियो पुलुक्क मेरो नजर त्यो घिस्रिरहेका मानिसमा पयो सायद उसको पनि नजर मेरा अनुहारमा परेछ दुवैले एक अर्कालाइ हेरियो यतिकैमाछिट्टो हिँड न हौ बाबाभनेर दाहिनेतर्फ रहेका युवकले अधबैँसेलाई घच्घच्यायो तर पनि उसले कुनै वास्ता गरेन तर ऊ भने मलाई नै हेरिरहेको थियो उसको त्यस हेराइमा आक्रोश र आश्चर्य दुवै मिश्रित देखिन्थ्यो सुरूमा उसले चिनेजस्तो गरेर मुसुक्क हाँस्न चाह्यो तर त्यो उसको जबर्जस्तीको मुस्कान थियो यतिकैमा पुनः ती ठिटीलेबाबा अलिक छिट्टो पाइला सार न हो ? किन टोलाएको ?” भनेर हिँड्न जिद्दी गरी ठिटीको जिद्दीसँगै ती अपाङ्ग मानिसको अनुहार विस्तारै विषाद र बनावटी पीडाको आकारमा परिणत भयो ऊ मलाई नै अविरल हेरिरहेको थियो उसलाई मैले कतै देखेदेखे जस्तो पनि लाग्यो सायद उसलाई पनि त्यस्तै लागेछ क्यार ! त्यसैले केही बोलौं र केही भनौं झैं उसले गयो ती केटाकेटी दुवै त्यही अधबैँसेका छोराछोरी रहेछन् भन्ने मलाइ विश्वास पनि भयो

यो क्षणभरको परिदृश्य थियो उसले केही भन्न चाहिरहेको थियो तर ती केटा र केटीले दुवै हात समाएर उचाल्ने प्रयास गरे तर सकेनन् तल र माथि गर्ने मानिसहरूको घुँइचो बढ्न थाल्यो ती अधबैँसे मानिसको कारण मानिसहरूलाई तलमाथि गर्न अवरोध पनि भइरहेको थियो त्यसैले उसलाई ती दुवै ठिटाठिटीले जवर्जस्ती घिसारेर सिँढीमाथि लगे माथिल्लो तलासम्म पुग्दा पनि त्यस मानिसको अनुहार मेरातर्फ नै थियो र उसका निर्विषे आँखाले मलाई नै हेरिरहेका थिए मलाई लाग्यो यो मानिससँग थुप्रै समस्याहरू छन् र ती समस्याको गाँठो खोल्न ऊ निकै हतारिएको छ उसको त्यस किसिमको व्यवहारले मलाइ सरासर घर फर्किन दिएन त्यस अपरिचित मानिसका बारेमा बुझ्न मलाई झन् खुलदुली जागेर आयो विस्तारै माथिल्लो तलामा चढें जहाँ मानिसहरूको घुँइचो थियो तलामा बिछ्याएका सबै चौकीहरूमा मानिसहरू खचाखच थिए त्यस भीडमा मेरा नजरले त्यो अधबैँसे मानिसलाई खोजिरहेका थिए रेलिङ्गमा अडेस लागेर सर्सती नजर डुलाएँ पछाडिको लाइनको एउटा कुर्सीमा बसेर त्यो मानिस पनि कसैलाई खोजिरहेको थियो विस्तारै नजानिदो प्रकारले उसका दाहिने तर्फ रहेको खाली कुर्सीमा गएर बसें मलाई छेउमा बसेको देखेर उसले भन्यो, “सर नमस्कार !” मैले पनि नमस्कार फर्काएँ उसले चिने जस्तैगरीसरभनेको सुन्दा मलाई उसप्रति जान्ने झन् उत्सुकता जागेर आयो पक्कै पनि उसले मलाइ चिनेको हुनुपर्छ, भन्ने लाग्यो यसपछि उसप्रति झन् उत्सुक हुँदै मैले भनें, “माफ गर्नु होला, म अझ पनि स्पष्ट हुन सकिन ! अझै स्पष्ट पार्नु न मेरो प्रश्न सुनेर उसले खुइय्य गयो र लामो सास तान्यो शङ्कालु हुँदै पल्याकपुलुक यताउति आँखा घुमायो उसले पुनः१५ फिट जति पर एउटा छुट्टै चौकीमा बसेर आइफोन चलाइरहेकी आफूसँगै आएकी छोरीलाई हेयो नजिकैको कोठामा कम्युटरमा गेम खेलिरहेको छोरापट्टि नजर दौडायो उसको यस परिस्थितिबाट के स्पष्ट हुन्थ्यो भने उसलाई कसैसँग बोल्ने अनुमति छैन बोल्न, हाँस्न र रून पनि उसले कसैको अनुमति वा आदेश लिनुपर्थ्यो कसैको डर, त्रास र भयबाट ऊ व्याकुल झैं देखिन्थ्यो अज्ञात पीडाबाट ऊ निकै थिलथिलिएको थियो ऊ केही भन्न र बोल्न पनि खोज्थ्यो तर त्यही अज्ञात त्रासका कारण खुल्ला हुनसकिरहेको थिएन तर पनि हिम्मत गरेर उसले भन्यो, “सर,साँच्चै मलाई चिन्नु भएन ?” मैले भनेचिनिन मलाई एउटा चिनजान मित्रको जस्तै व्यवहार गर्दै उसले भन्यो, “सर म त्यही रञ्जित हुँ सेतीखरेको दलबीर बूढाको जेठो छोरा रञ्जिते हो २५ वर्षअघि सैनिकको अत्याचार खप्न नसकी गाउँ नै शुन्य बनाएर रातारात गाँउलेहरू आसामतिर झर्दै थिए त्यही एउटा हुलमा म र सिकारी जेठो पनि देउसुरेमा झरेका थियौं भोलिपल्ट बिहान माथिमाबाट देउसुरे आएकाहरूलाई देश छाड्नु हुँदैन कुकुरले नपाएको दु:ख पाइन्छ नानीहरूलाई बचाउन मुस्किल पर्छ देशमा पनि यही स्थिति रहिरहँदैन केही समयपछि अवस्थमामा सुधार हुन्छ केही दिन अडिन सक्यो भने अवश्य पनि सुदिन फर्किनेछ भनेर तपाईंले सम्झाउनु भयो तपाईंले भनेको मानेर सिकारी जेठो र म केटाकेटी च्यापेर बेलुकी साँझतिर घर फर्कियौं अरू भने कोही पनि फर्केनन्, त्यस समूहका मानिसहरू मलाई बोल्ने वा सोध्ने मौकै दिएन, ऊ निरन्तर बोलिरह्यो सबैले देश छाडे पनि सिकारी जेठो र मैले चाहिँ नछाड्ने निर्णयमा पुगेका थियौं तर भने जस्तो कहाँ हुँदोरहेछ र सर ! तपाईंलाई देउश्रीमा भेटेर गएको तेस्रो दिनको मध्यरात ! हजारभन्दा पनि बढी संख्यमा आएका सशस्त्र सेनाले हाम्रो झुप्रे गाउँलाई पूरै घेरा हालेको थियो डरले मान्छे त के कुकुर पनि कुईं गर्दैन थिए मध्यरात माइकबाट उर्दी जारी गर्दै सैनिक अफिसरले भन्दै थिए ,”जसले उज्यालो हुनुपूर्व देश छोड्दैन, त्यसलाई घरसँगै आगो लगाउँछौं सेनाको आतङ्क पार्ने आदेश सुनेपछि बालबच्चाहरू च्यापेर मिरमिरे नहुँदै सीमा काट्न विवश भएको त्रासदीपूर्ण घटनाको विवरण उसले सुनायो उसका धाराप्रवाह बखानबाट म पनि प्रष्ट भएँ त्यो मानिस त २५ वर्षअघि आसामबंगालको सीमा श्रीरामपुरमा भएको लात्तीकाण्डको प्रत्यक्षदर्शी पो रहेछ ! म त लाज र संकोचले भुतुक्क भएँ ! रञ्जितेको परिवारसँगै अरू १० परिवारका ५५ सदस्यलाई सुरक्षा दिँदै टिमाइ पुयाएको थिएँ ढ्वाङ् ढुवाङ् उड्ने धुलो र धुँवा आउने बगरमा छाडेर हिँडेको २५ वर्षअघिको तितो सम्झना झल्झल्ती आयो, मेरा दिमाखमा तिनीहरूलाई छाडेर त्यहाँबाट हिँडेको हिजो जस्तो लाग्थ्यो, तर २५ वर्ष भएछ आज ! २५ वर्षअघि टिमाइको बगरमा छाडेको मानिसलाई अचानक कोलम्बसको काउण्टी अफिसमा भेट्न पुगें त्यो पनि दुईदुई वटा बैशाखीका साथमा भय, त्रास र गरिबीबाट चिथोरिको अनुहार ! नैसर्गिक रोगबाट भन्दा पनि बनावटी पीडा लादिएबाट विक्षिप्त बनेको उसको कुरूपता ! कति खुल्दुलीपूर्ण वातावरण थियो, त्यो उमेरमा मभन्दा मात्र १५ वर्ष कान्छो रञ्जितेको यस्तो कुरूप हालत देखेर मलाई नरमाइलो पनि लाग्यो उसप्रति अझ सहानुभूति बढेर आयो हुन त समयको खेल कसले जान्दछ र ? रोग कति बेला लाग्छ र त्यसले कस्तो रूप लिन्छ ! आखिरमा रोग भनेको मृत्युको दाज्यू न हो ! कतिखेर कहाँबाट आक्रमण गर्ने हो ! रोगका लागि न ठूलो न सानो ! न धनी न गरिब ! न कालो न गोरो ! सबै समान ! उस्तै उस्तै ! आफ्ना दुवै पट्टी बैशाखी राखेर कुर्सीमा बसेको रञ्जिते कहिले पर्तिर कोठामा कम्युटरमा ग्याम खेल्दै गरेको छोरातिर त कहिले ५० फिट जति पर रहेको एउटा कुर्सीमा बसेर आइफोन हेर्न व्यस्त छोरीतर्फ हेर्ने गर्थ्यो ती दुईको नजर चोरेर बेलाबेला मलाई पनि हेर्ने गर्थ्यो उसको यस सशंकित चालबाट के स्पष्ट हुन्थ्यो भने छोराछोरीको आज्ञाबिना उसलाई कसैसँग पनि बोल्ने अनुमति छैन कुनै अज्ञात, त्रास, भय र दबाबबाट रञ्जिते आतङ्कित छ भन्ने उसको निन्याउरो अनुहार र चञ्चल आँखाबाट स्पष्ट हुन्थ्यो तर पनि मैले हिम्मत गर्दै रञ्जितेलाई सोधें, “भाइ, के भएर यस्तो हालत भयो ?” मेरा प्रश्नले ऊ झन् सशंकित भयो ! यताउति आँखा घुमाउदै उसले भन्यो, “सर के को रोग लाग्नु, भत्ताको !” रञ्जितेको यस्तो छोटो तर अचम्मको उत्तर सुनेर मलाई झन् उसप्रति जान्न उत्सुकता जागेर आयो रञ्जिते आफ्नो केस वर्करलाई भेट्ने पालो पर्खेर बसेको थियो १ सय ५० जना मानिसको लाइनमा रञ्जिते १ सय १० नम्बरको कुपन हातमा लिएर बसेको थियो यही किसिमको सुस्त गतिको चाल रहिरहेमा रञ्जितको त्यहाँ अझ एक घण्टा लामो बसाइ हुने निश्चित देखिन्थ्यो बिहानको ९ बजिसकेको थियो मानिसहरूको चाप बढिरहेको थियो बिहानै चिया र हल्का नास्ता खाएर आएकाले मलाई भने भोकतीर्खा र हतारको झन्झट थिएन परिस्थिति मेरा अनुकूल नै थियो

२०१२ मा दुई छोराछोरी र श्रीमतीका साथ रञ्जिते नेपालबाट सिधै टेक्सासको ह्युस्टन भन्ने शहरमा आएको थियो शुरूका केही महिना उसका लागि रमाइला नै रहे आएकै महिनाबाट उसले ७ सय ५० डलर मासिक रूपममा भत्ता पाउन थाल्यो एकदिन उसका दौंतरी काहिँला बाजेको छोरा रामप्रसाद पेन्सलभिन्याको पीट्सवर्गबाट र च्यादरघरे माइलाको जेठा छोरा सन्मान कोलम्बसबाट रञ्जितेको घरमा आए उनीहरू रञ्जितेलाई नै भेट्न भनेर ह्युस्टन आएका थिए दिउँसो अन्यत्र घुम्न गए पनि बेलुकी उनीहरू रञ्जितेकै घरमा बसे बसाइका क्रममा भलाकुसरी भए बेलुकी यसो चिसो पेयपदार्थको नाममा एक दुइ दर्जन हुस्कीका बोतलहरू पनि रितिने थाले हल्का मूड बन्नेबित्तिकै दैनिक व्यवहारका सत्यकथाहरू उगेलिनु स्वभाविक नै थियो रामप्रसाद र सन्मानबीच महिनामा कसले कति कमाउने विषयमा अंकारी बहस चल्न थाल्यो बहसकै क्रममा चुस्की लगाउँदै रामप्रसादले भन्यो, “हेर सन्मान, पैसाको धक्कु लगाउनु पर्दैन? बाबु र आमा दुईजनाको केयरगिभर गरेको दिनको जम्मा ८ घण्टा ! त्यसमा पनि ओहाइयोमा ! नाथे घण्टाको ११ डलर ! थापेर यत्रो फूटानी ! सुन सन्माने बाबु र आमाको मात्र ८८ गरी दिनको १६ घण्टाको १४ डलरले हिसाब गर ! त्यसमा जेठा बढा र जेठी बढिआमाको पनि त्यही दरले जोडेर हिसाब गर महिनाको ४ हजार ८ सय डलर थाप्छु तैले कुनै पनि हिसाबमा मसँग प्रतिस्पर्धा गर्न सक्दैनस् बुझिस् भनेर सन्मानलाई रामेले डलरको धाक लगायो त्यति मात्र होइन, हाम्रो राज्यमा त इमर्जेन्सी कल गरेर बिरामीलाई अस्पाताल लग्नेबित्तिकै ४ घण्टा प्लस हुन्छ बिरामभन्दा पनि आइडिया प्रयोग गर्नसक्नु पर्छ र पो डलरको वर्षा हुन्छ मेरा घरमा कसैले कम्पनीमा काम गर्दैन घरमै जागीरको छेलोखेलो छ, बुझिस्, सन्माने !” भन्दै धम्क्यायो रित्तिएका गिलासहरूमा हुस्की थप्दै रञ्जिते उत्सुकताका साथ यो बहस सुनिरहेको थियो र अतिथि मित्रहरूको घम्साघम्सी हुन्छ की भनेर बीचबीचमा सान्त्वना पनि दिँदै थियो बेलाबेला प्लेटमा सुकुटी र अचार थप्दै रञ्जितेकी छोरी बेबी पनि कामै नगरी घरमा डलर भित्रिइने पेशाबारे चनाखो भएर दुईजनाको झगडा सुनिरहेकी थिइ त्यसैगरी सन्मानको छोरो बिर्खे पनि अतिथिहरूलाई सिगरेट सल्काउन सघाउँदै चाख मानेर यो दृष्य अवलोकन गरिरहेको थियो बाबुआमा हेरेकै पैसाले ० माइलका गाडीहरू किनेको, दुई अढाइ लाखका घरहरू किनेको र बैंकमा ५० हजारभन्दा बढी रकम डिपोजिट गरेको रामप्रसादका कुराहरू सुनेर रञ्जितेलाई भन्दा पनि बढी उसका जवान छोराछोरीका मनमा पैसा कमाउने सजिलो जुक्ति फुरेर आयो तीन दिनपछि रञ्जितेका घरमा सजिलैसँग डलर आर्जन गर्ने तृष्णाको बीउ रोपेर सन्मान र रामप्रसाद घर फर्के

रञ्जितेको उत्तर भित्रको महाउत्तर बुझ्न म एकदमै हतारिएको थिएँ मैले अझ उत्सुक हुँदै भने, “भाइ, यो भत्ताको रोग भनेको कस्तो रोग हो ? मैले बुझ्न सकिन त ?” मेरो प्रश्न सुनेर पहिला झस्कियो फेरि हाँसे जस्तो गर्दै रञ्जितेले भन्यो, “यहाँ मासिक ७ सय५० डलर भत्ताका लागि ४५ को मान्छेलाई ६५ वर्षको बनायो आवर बढाउने योजना बनायो अब त भत्ताले मात्र पुगेन रे ! आवर पनि चाहियो रे उनीहरू काम गर्न नसक्ने अरे घर भाडा र बिल तिर्न साह्रो पयो रे नरोकिइ रञ्जिते भन्दै गयो र म सुन्दै गएँ बिचरा ! कति दिनदेखिको पीडाबाट थिचिएको रञ्जितेको दिमाग साँच्चिकै विष्फोट हुन मात्र बाँकी रहेछ, भन्ने मलाइ लाग्यो सोध्नुभन्दा पनि मैले उसैलाई निरन्तर भन्ने अवसर दिइरहें यहाँ भन्ने र सुन्ने कामलाई कतैबाट पनि बाधा थिएन

इच्छालागेकादिनमात्रकाममाजान्थेरञ्जितेकाछोराछोरी ह्युस्टनमा ४ वर्ष रञ्जितेले दुःखका साथ बितायो उनीहरूकै लहैलहैमा लागेर रञ्जिते दुई वर्षअघि कोलम्बस आएको थियो जहिले घरभाडा र बिल तिर्न हम्मेहम्मे भइरह्यो, उसलाई न छोराले पढ्यो न छोरीले केही भन्नै हुँदैन उल्टै धम्की खानुपर्ने रञ्जितेलाई कुनै दिन सञ्चले खाने र हर्षले हास्ने दिन आएन दुई कोठे घरको मासिक ८ सय भाडा तिर्नुपर्थ्यो पानी, बिजुली र ग्याँसको लगभग २ सय गरी जम्मा १ हजार डलर मासिक खर्च हुन्थ्यो उसँग भत्ता सिवाय अर्को आयआर्जनको स्रोत नै थिएन उसले सुरूका दुई महिनाको भत्ता थाप्यो तर त्यसपछि उसले डलरको मुख देख्न पाएन मनको बह कसैलाइ नकहभने झैं यो विपत्ति कसैसँग बाँड्न सकेन/ खोल्न सकेन उसलाई लाग्थ्यो, ६५ वर्ष नबाइदिएको भए, म एक्लै काम गरेर भाडा तिर्थें , यतिबेलासम्म १५/२० हजार डलर पनि कमाइसक्ने थिएँ तर, दुर्भाग्यधेरै खान जोगी भयो, जोगी भएकै भोलिदेखि भोकै भयोभने जस्तै भयो, रञ्जितेको जीवन पनि भत्ताको यात्रा नेपालबाट सुरू भए पनि रञ्जितेको आवर बढाउ यात्रा भने ह्युस्टनदेखि थालनी भएको थियो यसरी दु:ख भरिएको कहानी सुनाउदै रञ्जितेले थप्यो, “सर, कत्ति सहनु ! यस्तो लाचार जीवन बाँच्नुभन्दा मर्नु नै निको भन्ने लाग्यो दिमागले कुन ठिक, कुन बेठिक निर्णय गर्न छोड्यो सारै टेन्सनमा परें छोरा सुत्ने पलङको सिरानमा हेरें, केही भेटीन के खोजेको हो त्यो पनि थाह छैन रन्थनिदै छोरीको कोठामा पसें छोरी थिइन उसको ओछ्यान खोतलखातल पारें सिराने मुनि १० डलरको नोट फेला पयो पैसा भेट्नेसाथ दिमागले पलट खायो मलाई टनटन रक्सी पिउन मन लाग्यो तर कहाँ पाइन्छ, त्यो थाहा भएन यतिकैमा छिमेकी धनबादुर भुजेलको छोराबुहारी सपिङका लागि पार्किङ्ममा निस्किएको देखें भाइ, मलाई १० रूपियाको रक्सी किनेर ल्याइदेउ न”, भनें अंकल रक्सी धेरै किसिमका हुन्छन् तपाईलाई कुन चाहिएको हो ! बरू मसँग हिड्नुहोस् आफैं हेरेर ल्यानुहोस्,” भन्यो छोराछोरी पनि छिमेकी केटाहरूसँग सिनेमा हेर्न गएको मौका छोपेर दुई केस बियर किनेर ल्याएँ घरमा आइपुग्दा ५ बजिसकेको थियो दैलो थुनें दुइटै बियरका बक्सा खोलेर पिउन थालें एक बक्सा बियर पिउन्जेल अलिअलि थाहा पाउँदै थिएँ त्यसपछि – – –

सात दिनपछि अस्पतालमा होस् खुल्यो होस् खुलेर हेर्दा दुवै खुट्टाको घुँडादेखि मुनिको भाग थिएन त्यसपछि फेरि मरें कयौं घण्टा मरेर फेरि बिम्झिएँ होस आएकोमा भन्दा बरू, होस गुमाएकामा म धेरै खुशी थिएँ मेरा ती बिहोसीका सात दिन कति आनन्ददायक थिए ! जहाँ भोक तिर्खा थिएन डर, त्रास, लोभ, मायामोह थिएन ! अँध्यारोउज्यालो थिएन मरौं कि बाँचौंको तनाव थिएन थियो, त खाली शान्त, सुन्दर, खुशी र उमङ्गै उमङ्ग ! शायद मेरो दु:खको अन्त भएको रहेनछ र नै इश्वरले मलाई फर्काएछ ! यो दु:खदायी संसारतिर ! अब नमरून्जेलसम्मका मेरा सहयात्री हुन्, यी बैशाखीहरू भन्ने सोच्दै सात दिनपछि घर फर्कें छोराछोरीले गाली गर्लान्, भनेर म थुरथुर भएको थिएँ तर गाली गर्नुको सट्टा उनीहरूले जीवन मै नगरेको सद्भाव देखाए भोकतिर्खा र सुत्नउठ्नबारे धेरै नै चासो र चिन्ता गर्न थाले मैले मेरा खुट्टा गुमाउँदा किन छोराछोरी उत्साहित भए मलाई थाहा भएन,” अचानक यसरी छोराछोरीको व्यवहारमा परिवर्तन आएको देखेर रञ्जिते आश्चर्य चकित भयो यो सपना हो कि विपना उसलाई खुट्याउन निकै साह्रो पयो एकदिन उसले घरमा आएका दोभाषेलाई सोध्यो दोभासेलेअंकल, याङबाट लडेर तपाईंका दुवै खुट्टा भाँचिए अब हिँडडूल गर्नसक्नु हुन्न त्यसैले अस्पतालका सिफारिशमा सरकारले तपाईंका छोराछोरीहरूका लागि दिनको चारचार घण्टाको जागिरको बन्दोबस्त मिलाइदिएको छ

योग्य र दक्ष बन्ने सपना लिएर विश्वका हरेक देशहरूबाट विद्यार्थी अमेरिका छिर्ने गर्छन् योग्य र दक्षहरूका लागि अमेरिकाको श्रमबजार जहिले पनि खुला छ अमेरिकामा दिनको ८ घण्टा काम नगरेर धरै छैन पौरखी र पुरूषार्थीहरूका लागि अमेरिका एउटा अवसर हो अवसरलाई चुम्न छोडेर आफ्नै परिवारका सदस्यहरूलाई अशक्त बनाउने व्यवसायमा कम्मर कस्दैछन्, अल्छे र दीर्घसुत्रीहरू रञ्जितेको भत्ताको कागजी प्रबन्ध छोराले नेपाल मै गरेको थियो यो कुरा रञ्जितेले अमेरिका आएपछि मात्र थाहा पायो आवरका लागि अझै कति राज्यहरूको यात्रा गर्नुपर्ने हो रञ्जितेले ! त्यो न रञ्जितेलाई न थाहा छ न त रञ्जिते बाँचेको समाजलाई यो कस्तो परिस्थिति ! सन्तानलाई उमेर दिनुपर्ने ! आफ्ना इच्छा र रहरहरू सवै तिलाञ्जलि गर्नुपर्ने ! उनीहरूको व्यापार र व्यवसाय बनिदिनुपर्ने ! यो कर्तव्य हो वा सेवा ! व्यापार हो कि व्यवसाय ! उपकार हो कि अपकार बरा, रञ्जितेलाई छुट्टयाउन निकै गाह्रो भयो

Latest News

लेखनाथ जयन्ती सम्पन्न

ह्यारिस्बर्गः २९ दिसम्बरः आइतवारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५...

More Articles Like This