Wednesday, April 14, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

खेमको अर्को एल्बम: रिया-रिदम

Must Read

श्रीरामचरितमानस- नेपाली भाषामा पनि

सोह्रौ शताव्दीमा गोस्वामी तुलसीदासद्वरा रचित ‘श्रीरामचरितमानस ’ ग्रंथ विश्व प्रसिद्ध मधुरतम ग्रंथ हो।वर्तमान  समयमा हिन्दू जगतमा...

मारुतीनन्दन पञ्चाङ्गमाथि कोलम्बसमा छलफल सम्पन्न

नेपाली सम्वाददाता / कोलम्बस, ओहायो        विगत पाँच वर्षदेखि प्रकाशनमा ल्याएको मारुतीनन्दन नेपाली पञ्चाङ्ग तथा भित्तेपात्रोको छैठौ प्रकाशन गत आइतबार...

संस्कृत कक्षा सन्चालन

सि.एम. निरौला/ ह्यारिस्बर्ग जेट वाल्डले ह्यारिस्बर्गमा संस्कृत कक्षा सन्चालनमा ल्याएको छ। यो तेस्रो समुह हो ! सो कक्षालाई प्रज्ञ कक्षको नामले चिनिने गरेको छ। हिन्दु...

गीतसंगीतकर्मी खेम रिजालद्वारा रचित गीतहरूले भरिएको दोस्रो एल्बमरियारिदमकेही अगस्त २०१७ नेपाल र त्यसपछि ओहायोको सिन्सिन्याटीमा सार्वजनिक भएको छ उनले एल्बमको नाम आफ्ना छोरा र छोरीको नाममा जुराएका हुन्

एल्बममा आधुनिक, गजल, लोक, भावुकसहित ११ वटा गीतहरू छन् ५ वटा गीतमा रिजालको आफ्नै संगीत छ अरु गीतमा राज सागर, निरज लामा, बाबु बोगटी र लक्ष्मण दियालीको संगीत छ

गीतहरू प्रेम, वर्णन, विछोड, उमंग आदिबाट प्रेरित भई लेखिएका छन् गीतहरू कर्ण दास, मेलिना राई, किशोर शिवाकोटी, मनोजराज शिवाकोटी, रमेश कँडेल, आनन्द कार्की, राज सागर, किरण गजमेर, रामकृष्ण ढकाल, बाबु बोगटी, जगदिश समाल, र एउटामा स्वयं रिजालले गाएका छन्

रियारिदमका गीतहरू

  • छमछम छमछम
  • बिर्सियो कि परदेशीले
  • अप्सरा देखिन्छ्यौं
  • पुरानो त्यो
  • बतासले केश
  • निदाएको थिएँ
  • नबजाऊ सारंगी
  • कहिले देखि
  • आज भोलि
  • सिरमा लाउने
  • फूल हौ तिमी

यसअघि रिजालकोपहिलो भेटनामक एल्बम आईसकेको छ उनको पहिलो एल्बमकाजेजे हुनु भैगो अब……’, ‘गुरास फूल्यो पाखैमा, झम्के फुली……’ गीत निकै चर्चित छन्

पहिलो भेटमा कूल ८ वटा गीत छन् उनको एकल रचना अनि सत्यराज आचार्य र स्वरूपराज आचार्यको संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, उदय सोताङ, मनिला सोताङ, शिव परियार र रजिना रिमालले स्वर दिएका छन्

पहिलो भेटरिया रिदमदुवैका रचनामा गुणस्तर कायम राख्न रचनाकार सफल भएको देखिन्छन् उनका कुनै गीतले सोच्न बाध्य बनाउँछन् भने कुनैले जुरुक्क उठाएर नचाउँछन् सफल गीतकारमा हुने क्षमता पनि यही हो

नेपालीभाषी भूटानी रिजालको ७० वटा गजल संग्रहितकिनाराको छालगजलसंग्रह प्रकाशित छ

खेमले अरु गीत रचेका पनि छन् यसरी रिजाल काव्यिक सिर्जनासहित नेपाली गीतसंगीतको क्षेत्रमा चिनिएका छन्

साभार: अक्षरिका

Latest News

लेखनाथ जयन्ती सम्पन्न

ह्यारिस्बर्गः २९ दिसम्बरः आइतवारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५...

More Articles Like This