Sunday, July 25, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

बिएएससीको दशौं टुर्नामेन्ट अर्को वर्ष जुलाईमा

पेन्सलभेनिया । भूट्निज अमेरिकन स्पोर्ट्स काउन्सिल (बिएएससी) को दशौं टुर्नामेन्ट अर्को वर्ष जुलाईमा हुने भएको छ । संस्थाको १० औं वार्षिकोत्सव तथा अमेरिकी स्वतन्त्रता दिवस पारेर २०२० जुलाई ३-५ मा उक्त टुर्नामेन्ट साउथ डकोटाको सुअ फल्समा गर्न लागिएको छ । संस्थाले शुक्रबार (नोभेम्बर ८, २०१९) मा एक विज्ञप्ति जारी गर्दै...

ह्यारिसवर्गमा विष्णु पुराण विशेष कार्यक्रम हुँदै

ह्यारिसवर्ग (पेन्सलभेनिया) । पेन्सलभेनिया राज्यको ह्यारिसवर्गमा बिहिबारदेखि पञ्च दिवसीय श्री विष्णु पुराणको आयोजना हुने भएको छ । उक्त कार्यक्रम स्थानीय श्री लक्ष्मीनारायण मन्दिरमा नोभेम्बर १४ देखि १८ सम्म हुनेछ । उक्त कार्यक्रम आयोजक संस्था श्री वैष्णव परिषद् ह्यारिसवर्गको प्रथम वार्षिकोत्सवमा गर्न लागिएको हो । कार्यक्रम स्थल श्री लक्ष्मीनारायण मन्दिर एवम्...

समायोजनका लागि आयोजित सम्मेलनमा नेपाली-भाषी बालबालिका

कोलम्बस । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा आयोजित वार्षिक युवा सम्मेलनमा नेपाली-भाषी बालबालिका तथा किशोर-किशोरीले उल्लेख्य सहभागिता जनाएका छन् । शुक्रबार सम्पन्न उक्त सम्मेलनमा करिब ३ सय सहभागिमध्ये ६५ जना नेपाली-भाषी बालबालिका तथा किशोर-किशोरी थिए । वर्खे बिदामा आयोजित शिविर शैलीको यो सम्मेलन स्थानीय इटिएसएस (इथियोपियन टेवाहेडो सोसल सर्भिसेस) नामक संस्थाले...

गीता आध्यात्मिक सम्मेलन – २०१९ ओहायोमा सम्पन्न

कोलम्बस । तीन दिने गीता आध्यात्मिक सम्मेलन – २०१९ ओहायो राज्यको कोलम्बसमा आइतबार (जुलाई २८) सम्पन्न भएको छ । विश्व भूटानी हिन्दू संगठन र वैदिक सेवा समाज, कोलम्बसको संयुक्त आयोजनामा भएको सम्मेलन शुक्रबार (जुलाई २६) शुरू भएको थियो । सम्मलेनका मुख्य अतिथि प्रा. डा. माधवप्रसाद भट्टराईलगायत करिब एक दर्जन ज्ञाताहरूले...

मिस भूटान युएसए २०१९ अहङ्कारीले जितिन्

पिट्सवर्ग । मिस भूटान युएसए २०१९ को उपाधि कविता अहङ्कारीले हात पारेकी छन् । उनले ६ प्रतिस्पर्धी: बन्दना कोइराला, प्रेज्ञ्ना सिवाकोटी, सिता चौहान, सुस्मिता सुब्बा, र पूजा क्षेत्रीलाई जुलाई २८ को अन्तिम प्रतिष्पर्धामा जितेकी हुन् । उनलाई पछ्याउँदै सुस्मिता सुब्बा फर्स्ट रनर-अप, र पूजा क्षेत्री सेकेन्ड रनर-अप भएका छन्...

‘छाप्रो नं. ५५’ लाई अनेसास डायस्पोरा पुस्तक पुरस्कार २०१९

बोस्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टी, पुरस्कार समितिले 'छाप्रो नं. ५५' (उपन्यास) लाई अनेसास डायस्पोरा पुस्तक पुरस्कार २०१९ प्रदान गर्ने भएको छ । समाजले यो घोषणा आइतबार (जुलाई २१) मा गरेको हो । अनेसासले अरू विधाका पुरस्कारको घोषणा गर्दा नेपाली-भाषी भूटानी लेखक रमेश दियालीको यो...

गीता आध्यात्मिक सम्मेलन – २०१९ कोलम्बसमा

पेन्सलभेनिया । ओहायो राज्यको कोलम्बसमा यसै महिना गीता आध्यात्मिक सम्मेलन हुने भएको छ । जुलाई २६-२८ (शुक्रबारदेखि आइतबार) का दिन हुने उक्त सम्मेलनमा विभिन्न १६ राज्यबाट हिन्दू संस्थाका प्रतिनिधि र धर्मानुरागीहरूसमेत गरि १ हजार ५ सयभन्दा बढि सहभागि हुनेछन् । विश्व भूटानी हिन्दू संगठन र वैदिक सेवा समाज कोलम्बसले संयुक्त...

ओहायोमा छ कृतिको विमोचन

सिन्सिन्याटी । ओहायोको सिन्सिन्याटी राज्यमा जुलाई १७ शनिबार ६ कृतिको विमोचन गरिएको छ । विमोचित कृतिहरूमा खेम रिजालका: 'किनाराको छाल' (गजल-संग्रह, दोस्रो संस्करण), 'विचारहरूको बिस्कुन' (मुक्तक), डिल्लु चम्लागाईंको 'पर्खालभित्र' (गजल-संग्रह), माया भट्टराईको 'जूनकीरी' (सवाल-जवाफ-गजल-संग्रह), मदन दुलालको 'अवतरण: एक अनिर्णित युगको' (कविता-संग्रह), र लक्ष्मण रसाइलीको 'मलाई नसुहाएको टोपी' (कविता-संग्रह) छन्...

न्युयोर्क बफेलोमा अगस्त १० मा सांस्कृतिक कार्यक्रम

पेन्सलभेनिया । न्युयोर्क बफेलोमा अगस्त १० मा सांस्कृतिक कार्यक्रम हुने भएको छ । भूटनिज-नेपाली कम्युनिटी अफ बफेलोको मिस्टिक इकोज नाइट्स नामक उक्त कार्यक्रम बफेलो स्टेट कलेजको सोसल हलमा हुँदैछ । कार्यक्रममा जगदिश समालको प्रत्यक्ष गायन हुनेछ । गितार र यसका विविध रूपमा विजय थुलुङ्ग, विष्णु रामदाम, र दिल राईलाई देखिनेछ...
spot_img

Most Popular