रोंगथोंगको नेतृत्वप्रति आपति

1
94

चार भुटानी शरणार्थी संगठनले स्वदेश फिर्तीका लागि संयुक्तरुपमा गर्ने भनिएको आन्दोलन षड्यन्त्रको रुप भएको राहत बञ्चित पीडित भुटानी शरणार्थी समूहले आरोप लगाएको छ ।

समुहले  बिज्ञप्ति मार्फत शरणार्थीहरुको मुद्धामा कहिल्यै पनि काम नगरेका नेताहरुले काठमाडौंमा कार्यालय खोलेर आन्दोलन गर्छौं भन्नु लाजमर्दो भएको जनाएको छ । शरणार्थी आन्दोलनमा वास्तबिक सहयोग पुर्‍याउने भए शिबिरमा आएर राजनीति गर्न चुनौती दिदै सस्तो प्रचारबाजीमा नलाग्न नेताहरुलाई बिज्ञप्तिमार्फत समूहका संयोजक पौडेलले चेतावनी दिएका छन् ।

हाल बिभिन्न शरणार्थी शिबिरहरुमा ३ हजार १ सय ९० जना राहत बञ्चित शरणार्थी भोकभोकै बस्नु परेको उल्लेख गर्दै तिनीहरुको पक्षमा केहि नवोल्ने नेताहरु शरणार्थी हितको कुरा गर्लान भनेर अपेक्षा गर्नु ब्यर्थ हुने बिज्ञप्तीमा उल्लेख छ ।

डुक नेशनल कंग्रेश, भुटान पिपुल्स पार्टी, भुटान नेशनल डेमोक्रेटिक पार्टी तथा भुटानीज मुभमेण्ट स्टेरिङ कमिटीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वदेश फिर्तीका लागि कार्यगत एकताको घोषणा गरेका थिए ।

1 COMMENT

  1. नन्दलाल पौडेलले सोचाई पनि ठिकै हो । नेताहरु शिविरमा नै बस्नु पर्ने हो । किनभने नन्दलालको निगरानी गर्नु पनि पर्ने हो । चेम्गांग जेलमाहुँदा उसले गरेको चर्तिकला जेलभित्रै बसेर आउनेले जानेका छन् । दुइ बर्षअघि जाली काम गरेर नेपालका मानिसलाई भुटानी बनाएर विदेश लैजान्छु भनी ठूलो मात्रामा आर्थिक घोटाला गरेको मुद्दामा काकरभिट्टा पुलिस थानाले समातेर हनुमान ढोका पुगेर बसेको मान्छेको सबैले निगरानी गर्नु जरुरी छ । तर, आम शरणार्थीहरुको या राहत बञ्चितहरुको भनाई त्यस्तो छैन । नेताहरु एकठाउँ आउनु पर्छ । सबै शरणार्थीहरुको चाहना पनि हो । राम्रो नराम्रो भन्ने बेला भएको छैन । केहि समय पर्खिएर प्रतिक्रिया दिनु राम्रो हो । चोरको खुट्टा काट्भन्दा अत्तालिएर चोरलेचाहिँ खुट्टा छिकैकै पारामा नन्दुले नबोलेको राम्रो होला ।