सन् २०१० को विश्व मानवाधिकार दिवसकै अवसरको संयोग पारेर झापा र मोरंगमा रहेका भूटानीहरूले तत्काल तथा सम्मानित स्वदेशफिर्तीका निम्ति नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसमक्ष सहायताको लागि अग्रह गरेका छन् । सोही अवसरमा झापा र मोरंगका सातवटा शरणार्थी शिविरहरूमा दिसम्बर १० का दिन मानवाधिकार सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजन गरिएको पनि समाचार छ ।
यसैबीच ह्यूरोन (नेपाल मानवाधिकार संघ)-को झापा शाखाले दमकमा एउटा कार्यक्रम आयोजना गरी नेपालमा रहेका भूटानीहरूको समस्याबारे सचेतनाको पहल गरेको छ । झापाका जिल्ला प्रशासन अधिकारी शशिशेखर श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको औपचारिकता शुरु हुन भन्दाअघि आयोजित प्रदर्शनीमा डा. भम्पा राईलगायतका विभिन्न संघ-संगठनका प्रतिनिधि र जेष्ठ नागरिक भूटानीहरूले पनि सहभागिता जनाएका थिए ।
कार्यक्रममा केही वक्ताहरूले शरणार्थी तेस्रो देश पुनर्वाश योजनाले कैयौंका पारिवारिक विभाजन भएर भूटानीहरू पीड़ित भइरहेका गुनासो गरे भने अन्य केहीले तत्काल स्वदेशफिर्तीको माग राखे । सो अवसरमा जिल्ला अधिकारी श्रेष्ठले भने सबै भूटानीहरूको स्वदेश फर्कने अधिकार सुरक्षित रहेको र नेपाल सरकारले भूटानसित सो सम्बन्धमा पहल गरिरहेको बताए । उनले भने,‘‘तर भूटानले कुनै पक्षमा पनि आफ्नो वचन पूरा गरेको छैन ।’’
यसरी नै भूटानी नेता डा.भम्पा राईले यूएनएचसीआरले भूटानीहरूलाई शरणार्थी शिविर छोड्नमात्र दवाब दिइरहेको आरोपसहित गुनासो व्यक्त गरे भने सोही अवसरमा बोल्दै नेपाल मानवाधिकार संघका केन्द्रिय सदस्य डा.के.पी. सुवेदीले लामो समयदेखि गाड़ा घाउ बनेर रहेको शरणार्थी समस्या तत्काल सुल्झाउन अन्तर्राष्ट्रिय समुदायले ठोस पहल गर्नुपर्नेमा जोड़ दिएका छन् ।
(भूटान समाचार सेवाका लागि दमकबाट जितेन सुब्बा)
… [Trackback]
[…] Find More to that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-16/ […]
… [Trackback]
[…] There you can find 84939 more Information to that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-16/ […]
… [Trackback]
[…] Here you can find 67073 more Info to that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-16/ […]