डेनमार्कका विभिन्न राज्यमा पुनर्वाश भएका नेपालीभाषी भूटानीहरूले अक्टोबर २३ का दिन एउटा सामाजिक संगठन ‘द एसोसिएशन अफ् नेपाली स्पिकिङ भूटानिज इन डेनमार्क’ (एएनएसबीडी) -को स्थापना गरेका छन् ।
नेपाली भाषा- संस्कृति, रीतिरिवाज र डेनमार्कमा पुनर्वाश हुने नयाँ भूटानीहरूको संरक्षण र सहायताका लागि नेपालीभाषी भूटानीले यो संगठन स्थापना गरेको एसोसिएशनका नामबाट प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
डेनमार्कको मिडलफाटमा २८ जना भूटानी प्रतिनिधि र तीनजना डेनिश प्रतिनिधिबीच औपचारिक छलफल बसेपछि बैठकले पूर्णबहादुर दाहाल अध्यक्ष, कमल कोइराला उपाध्यक्ष, लालबाहादुर विष्ट कोषाध्यक्ष र थुग्तेन दोर्जी डुक्पा प्रमुख संयोजक रहने गरी १३ जनालाई केन्द्रिय सदस्यमा चयन गरेको बताइएको छ ।
यसैबीच चारजना भूटानी, कुलचन्द्र, टिकामाया तिवारी, लोकनाथ गुरुंगलगायत दलबाहादुर राईलाई क्षेत्रीय संयोजकका रूपमा छानिएको छ।
यस संगठनले प्रत्येक नेपालीभाषी भूटानीलाई भई-परिआएका संकट तथा जटिलतालाई निकास दिँदै नयाँ देशमा समाजलाई नयाँ बाटो देखाउने र भूटानी संस्कृति तथा नेपाली लीपिको जगेर्ना गर्ने, सामाजिक कार्यमा भूटानी पहिचान देखाउने उद्देश्य लिएको जनाउँदै शरणार्थी शिविरमा समाजसेवामा योगदान पुर्याएका पाँचजना अर्जुन घताने, चम्फा र्राई, विष्णु अधिकारी, भोला अधिकारी र बिर्खबहादुर भण्डारीलाई सल्लाहकार समितिमा राखेको संगठनका मूल संयोजक थुग्तेन दोर्जी डुक्पाले भूटान समाचार सेवालाई जनाएका छन् ।
डेनिश भूटानीहरूको यो प्रयासलाई अन्य देशमा रहेका अधिकांश भूटानीहरूले सराहना गर्दै उदाहरणीय कार्य गरेको बताएका छन् ।
i hope aunye din haru ma ramro paragita hudai jaosh danish bhutness haru ko
Yo sangathan ko pragati ko dherai dherai kamana. harak bhutanika dubidaharulai yo sangathanle nikas dina sakos. Good luck
… [Trackback]
[…] Info to that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-12/ […]
… [Trackback]
[…] Read More on that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-12/ […]
… [Trackback]
[…] Read More Information here on that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-12/ […]
… [Trackback]
[…] Find More here on that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-12/ […]