विश्वभरिका नेपाली भाषी भूटानीहरूले विभिन्न कार्यक्रमाका साथ आफ्नो सांस्कृतिक चाड मनाएका छन्। विभिन्न सांस्कृतिक झाँकी र हर्षोल्लासका साथ यस पर्वमा उनीहरूले उत्सव मनाएका हाम्रा समाचारदाताहरूले जनाएका छन्।
अमेरिकाः
ईदाहोबाट दिपेश सुवेदीले जनाएअनुसार बोइज महानगरमा पुनर्स्थापित भूटानीहरूले एउटा अपार्टमेन्टको परिसरमा भेला भएर दुर्गापूजा गरी सामूहिक दशैं मनाएका छन्। यसरी नै मिनिसोताबाट अर्जुन प्रधान भन्छन्,‘यहाँ पनि एउटा स्थानीय विद्धालयको सभाकक्षमा आयोजित दुर्गा पूजा र सांस्कृतिक कार्यक्रमका साथ टीका वितरणपछि दशैं सम्पन्न भएको छ।’ पुनर्वाश परियोजनाअन्तर्गत सोही स्थानमा आएका उपिन्द्र प्याकुरेलले दूर्गा भवानीलाई आह्वान गर्ने मन्त्रोच्चारणका साथ सो कार्यक्रमको उद्घाटन भएको जनाइएको छ, जसमा स्थानीय लगभग ६ सय भूटानीहरू सहभागी बनेका हाम्रा समकक्षी प्रधानले बताए।
यता टेक्सासमा पनि शनिबार सामूहिक दुर्गापूजामार्फत टीका वितरण गरी आइतबार दशैं उत्सव मनाइएको खबर छ।
न्यूयोर्कको बफेल्लो महानगरमा पनि यसरी नै शनिबार सामूहिक दुर्गापूजा गरी आइतबार टीका थापेर दशैं मनाइएको भूटान समाचार सेवालाई बफेल्लोबाट भक्त घिमिरेले बताए। संगठीत हुने क्रममा रहेको बफेल्लो हिन्दू समाजद्वारा आयोजित सो कार्यक्रममा स्थानीय संघ-संगठन र शरणार्थी सरोकारवाला संस्थाका प्रतिनिधिबाहेक लगभग ४ सय ५० भूटानीहरूको उपस्थिति अनुमान गरिएको जनाइएको छ।
उता सिराकसमा भने नवरथाको प्रथम दिनदेखि नै शुरु भई नौदिने दुर्गापूजा सम्पन्न गरी भव्यताका साथ विसं २०६७ को दशैंपर्व मनाइएको हाम्रा समकक्षी काजी गौतमले जनाएका छन्। ‘हाम्रो परम्परा र संस्कृतिको जगेर्ना गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी भएको छ’- सिराकसको पूजा आयोजक समितिका सदस्य शशी खरेलले भने। गौतमका अनुसार यसरी नै सिराकसमा दशैंकै अवसरमा अर्को छुट्टै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो, जसमा स्थानीय अमेरिकी र अन्य शरणार्थी समुदायका साथ भूटानीहरू गरी लगभग ५ सय हाराहारीको उपस्थिति थियो। ‘अत्यन्त नमूनायोग्य संस्कृति भएका मानिसहरूको समूह तपाईंहरू हुनुहुँदो रहेछ, यो संस्कृतिलाई संरक्षण गरिराख्न जरुरी छ’, सिराकसका मेयर स्टेफानी मिनरले थप्दै भने,‘नेपाली खाना एकदमै उत्कृष्ट छ।’
यही ढंगमा केलिफोर्निया, न्यू ह्याम्पशायर, एरिजोना, नर्थ क्यारोलिना र अलास्कामा पनि दशैं मनाइएको खबर छ। अलास्कामा अहिलेसम्ममा लगभग १०० भूटानीहरू पुनर्स्थापित भइसकेका छन्।
जर्जियाको एटलान्टामा भूटानीहरूले भाडामा लिइएको सामुदायिक भवनमै सार्वजनिक कार्यक्रम गरेका थिए जसमा शक्तिकी देवीको आह्वानमा ६ जना पण्डितले शप्तसति पाठ गरी टीका-जमारा वितरण गरिएको थियो।
यसै गरी रिचमण्ड, ओहियो, म्यासाचुसेट्स, केन्टुकीमा पनि सामूहिक तथा पारिवारिक हिसाबले धुमधामसँग दशैं मनाइएको समाचार छ भने, क्यानाडा, यूरोप महादेशका नोरवे, नेदरल्याण्ड, डेनमार्क, युके र पूर्वका न्यूजिल्याण्ड र अष्ट्रेलियामा पनि भूटानीहरूले यसरी नै आफ्नो वार्षिक पर्वको उत्सव मनाउँदै सांस्कृतिक संरक्षणको पाइला चालेका छन्।
यो प्रतिवेदन काजी गौतम, टीपी मिश्र, त्रिविक्रम अधिकारी, आरएन पोखरेल, खेम खँडका, इच्छा पौडेल र रमेश गौतमको योगदानमा बनेको हो।
Biswa bharikaa Nepaali Bhutaani(Nepali Bhutanese) ley dashain manaaye bhannu chhanhi uchit hola hai.
Good article. Thank you.
… [Trackback]
[…] Here you can find 37356 more Info on that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-11/ […]
… [Trackback]
[…] Here you will find 52234 more Information to that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-11/ […]
… [Trackback]
[…] Read More to that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-11/ […]
… [Trackback]
[…] Here you can find 48806 more Info to that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-11/ […]
… [Trackback]
[…] Read More on that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-11/ […]
… [Trackback]
[…] Find More Info here on that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-11/ […]
… [Trackback]
[…] Info on that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-11/ […]
… [Trackback]
[…] Here you can find 42295 more Information to that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-11/ […]