यसपटक थिम्पूको दुर्गामन्दिरमा औपचारिक हिसाबले दशैं मनाउने अनुमति दिएर भूटानमा रहेका हिन्दू समुदायलाई राजाले निकै राहत दिएका महसुस गरिएको छ। ‘‘धार्मिक श्रीवृद्धिमार्फत शान्ति र खुशियाली’’-को आह्वान गर्दै पण्डित पीएल निरौलाले अन्य नौजना पण्डितहरूका साथमा अक्टोबर ८ तारिख शुरु गरेको दूर्गा पूजा आगामी १७ अक्टोबर विजया दशमीका दिन समापन हुँदैछ।
भूटानको धार्मिक आयोगसमक्ष बोल्दै पण्डित निरौलाले दशैं पर्व खराबका विरुद्ध असल प्रवृत्तिको विजय दिवसका रूपमा चिनिने बताए। दशैं पर्वको नवरथा अवधिभर देवी पुराण, देवी शप्तसती, रामायण, वेद तथा अन्य वैदिक शास्त्रहरूको पाठन हुने र भूटानका राजा तथा जनताको शुस्वास्थ्य र दीर्घायूको कामनामा प्रार्थना हुने जनाइएको छ।
यसरी नै थिम्पूमा रहनेहरूका अतिरिक्त देशभरिका नेपालीभाषी हिन्दू भूटानीहरूले पनि दशैंको भव्य उत्सव मनाइरहेका बताइएको छ।
भूटानका चौथा राजा जिग्मे सिंगे वाङ्चुकले सन् १९८० देखि दशैंलाई राष्ट्रिय चाडको रूपमा घोषणा गरेका थिए।
… [Trackback]
[…] There you can find 78831 additional Information on that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-10/ […]
… [Trackback]
[…] Info on that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-10/ […]
… [Trackback]
[…] Read More Information here on that Topic: bhutannewsservice.org/nepali/nepali-news/345-10/ […]