भूटानको राजदरबारले प्रायोजन गरेको ‘‘राष्ट्रिय खुशियालीको’’ नारालाई बल दिने हिसाबमा अमेरिकी लेखिका डोरिस ली एमसी कोइले ‘द म्याजिक अफ ग्रस नेशनल ह्याप्पिनेश’ (राष्ट्रिय खुशियालीको जादू) शीर्षक दिएर आफ्नो पाँचौ पुस्तक प्रकाशन गराएकी छन्। १० सेप्टेम्बर २०१० का दिन थिम्पूको तारायाना फाउण्डेशन सभागृहमा सो पुस्तकको विमोचन गरियो।
के भूटानमा साँच्चै राष्ट्रिय खुशियाली छ त?
डोरिसको मत अनुसार खुशियालीको दृष्टिकोणले भूटान संसारको आठौं स्थानमा आउने देश हो। उनको अध्ययन र दाबीमा समग्र खुशियालीको दृष्टिले अमेरिका २३ औं, जर्मनी 35 औं र बेलायत 41 औं स्थानमा छन्। डोरिसले विश्वमा खुशियाली र प्रफुल्ल मानसिकताको महत्त्व झल्काउँदै अमेरिकामा जम्मा 26 वटा ‘ह्याप्पिनेश क्लबस’ (खुशियाली क्लबहरू) रहेका पनि बताएकी छन्। प्रथम नौवटा देशहरूको उदाहरण लिएर विश्वका विभिन्न देशहरूले पनि ती उदाहरण उपयोग गर्न सकून् भन्ने कामनासमेत लेखिका डोरिसले व्यक्त गरेकी छन्।
तर चाखलाग्दो कुरा यो पुस्तकमा के छ भने, केवल आफ्नो सांस्कृतिक धरोहर र समग्र देशको खुशियालीको रक्षा गर्नखोज्दा सजायस्वरूप लखेटिएका त्यही देशका नागरिकहरूका बारे पुस्तक एकै वचन बोलेको छैन!
… [Trackback]
[…] Here you will find 7972 additional Info on that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-3/ […]
… [Trackback]
[…] Info to that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-3/ […]
… [Trackback]
[…] Find More on that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-3/ […]