जेनरल कंग्रेस अफ नोर्वेजियन लेबर युथ (एयूएफ)- को अघिल्लो साता नोर्वेको ओस्लोमा सम्पन्न चारदिने सम्मेलनमा भूटान युवा संगठन (वाई.ओ.बी.)-ले अन्तर्राष्ट्रिय पर्यवेक्षकको रूपमा उपस्थिति जनाएको छ ।
संगठनका अध्यक्ष राजन गिरीले अन्तर्राष्ट्रिय विभागीय सचिव आकाश बुढाथोकीलाई उद्धृत गर्दै जनाएअनुसार बुढाथोकीले फिनल्याण्ड र बेल्जियमका युवा संगठन प्रतिनिधिहरूसँग परामर्श गरिसकेका छन् ।
अध्यक्ष गिरीका अनुसार डेनिस युवा संगठनका प्रतिनिधिहरूलाई पनि बुढाथोकीले भेट्ने कार्यक्रम छ ।
यसैबीच बुढाथोकीले नोर्वेको उत्तरी क्षेत्र फिनमार्क र वाद्सो-जहाँ भूटानीहरूलाई पुनर्वाश कार्यक्रमअन्तर्गत राखिएको छ-का जनप्रतिनिधिहरूलाई पनि भेट्ने भएका छन् । नोर्वेको उत्तरी क्षेत्रमा बसोबास गरिरहेका केही भूटानीहरूले यसअघि नै एयूएफमा सदस्यता लिइसकेका पनि बताइएको छ।
प्राप्त जानकारी अनुसार बुढाथोकीले ती अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँगको छलफल तथा परामर्शमा भूटान सरकारले विज्ञापन गरिरहेको ‘कुल राष्ट्रिय खुशियाली’ र त्यसको विपरित पाटोबारे वेश्लेषण गरेका छन् । बुढाथोकीले नोर्वेजियन लेबर पार्टीको कार्यालयमा आयोजित बैठकमा विश्वभरिबाट आएका मजदूर प्रतिनिधिहरूसँग पनि भूटानबारे विस्तृत कुराकारी गरेका संगठन अध्यक्ष राजन गिरीले बताए।
… [Trackback]
[…] Find More Info here to that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-10/ […]
… [Trackback]
[…] There you will find 56656 more Information to that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-10/ […]
… [Trackback]
[…] Read More to that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-10/ […]
… [Trackback]
[…] Read More Information here on that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-10/ […]