Home नेपाली समाचार समर कक्षा सम्पन्न

समर कक्षा सम्पन्न

1
समर कक्षा सम्पन्न
कसभागीहरू (तश्विर ः राजेश कोइराला)
राजेश कोइराला

न्यु ह्याम्सर । नेपाली-भाषी भूटानी स्कुले-बालबालिकाहरूका लागि गर्मी-विदामा म्यानचेस्टर शहरमा चलाइएको ‘समर कक्षा’ बिहीबार (अगस्त १६) सकिएको छ । न्यु इंगल्याण्ड फार्म वर्कर्स काउन्सिल र भूट्नीज कम्युनिटी अफ न्यु ह्याम्सर (बिसिएनएच) ले सयुक्त रुपमा आयोजना गरेको उक्त कक्षा ६ सातासम्म चलेको थियो ।

कसभागीहरू (तश्विर ः राजेश कोइराला)
साताको चार दिन साँझ ४- ७ सम्म भएका कक्षामा म्यानचेस्टर र कंकर्डका १६ नेपाली-भाषी भूटानी स्कूले-बालबालिकाहरू सहभागी थिए । न्यु ह्याम्सरमा यस्तो कक्षा पहिलोपटक चलाइएको हो ।
कक्षामा विभिन्न पेसा-व्यवसायमा जाँदा भविष्यमा के बन्न सकिन्छ? कुन क्षेत्रमा कसरी काम गरिन्छ? जस्ता जिज्ञासाका बारेमा जानकारी गराइएको थियो । विभिन्न पेशा-व्यवसायका व्यक्तिहरुले सोबारेमा जानकारी गराएका थिए ।
छ साताको अवधिमा बालबालिकाले तीन दिन युनिभर्सिटी अफ म्यासाचुसेट्स (डार्मिथ) को ‘सेन्टर फर इन्डिक स्टडिज’ मा क्याम्पका रूपमा बिताएका थिए । क्याम्पमा न्युयोर्क, मेरिल्याण्ड आदि ठाउँबाट पनि उनीहरूकै उमेरका अरू समुदायका स्कूले-बालबालिकाहरूसहभागी थिए । कूल ६० बालबालिकाबीच भएको निबन्ध-प्रतियोगितामा न्यु ह्याम्सरका आशीष भट्टराई र भोला गौतम क्रमश: दोस्रोर तेस्रो भएका थिए । त्यहाँ सबैखाले धर्मका बारेमा जान्ने मौका पाएको सहभागी गोविन्द भण्डारीले बताए ।
कक्षाका लागि फार्म वर्कर्स काउन्सिलले बैठक-कोठा उपलब्ध गराएको थियो भने दुई युवक विष्णु निरौला र श्याम गौतमले स्वयंसेवकका रूपमा काम गरेका थिए ।
कक्षा समापनको अवसरमा आयोजित कार्यक्रममा सहभागी आशीष भट्टराईले स्वागत-भाषण गरेका थिए भने गोविन्द भण्डारीले धन्यवाद-ज्ञापन गरेका थिए । स्वयंसेवकका रूपमा बालबालिकालाई अमूल्य जानकारी प्रदान गर्ने विभिन्न क्षेत्रका व्यक्तित्व रअन्य सहभागीलाई प्रशंसा-पत्र र प्रमाण-पत्र प्रदान गरिएको थियो । फार्म वर्कर्स काउन्सिलका तर्फबाट लिन्डा एलिस, ब्रुस योङ र बिसिएनएचका अध्यक्ष टीका आचार्यले प्रशंसा-पत्र र प्रमाण-पत्र प्रदान गर्नुभएको थियो ।

1 COMMENT

  1. First of all, I would like to congratulate and wish you all the best for those who attended the six-week long summer camp which was jointly organized by the Bhutanese Community of New Hampshire (BCNH) and the New England Farm Workers Council. I hope that the students benefited tremendously from the program. Secondly, I would like to thank our heroes-Vishnu Niroula and Shyam Gautam for their invaluable help contributed for the general benefit of our young generation. Had they not contributed their time and energy, the program would not have been successful. Finally, I would like to thank New England Farm Workers Council for providing the space and the other volunteers from the BCNH who provided logistic help to make this program a success.
    Thanks
    Bhagirath Khatiwada
    Concord, NH, USA