Wednesday, September 22, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

लक्ष्मी जयन्तीमा प्रशंसा गीति-संग्रह विमोचित

Must Read

न्यु ह्याम्सर । पेन्सलभेनिया राज्यको ह्यारिशवर्गमा शनिबार (नोभेम्बर ३, २०१८) मा भएको १०९ औं लक्ष्मी जयन्तीका अवसरमा युवा गीतकार बालकृष्ण न्यौपानेको गीति-संग्रह ‘प्रशंसा’ को विमोचन गरिएको छ । कार्यक्रम कृतिको प्रकाशक संस्था त्रिवेणी साहित्य मञ्चले गरेको थियो ।

साहित्य स्रस्टा मञ्जु खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि हरि फुँयाल, र विशेष अतिथि गंगा लामिटारे हुनुहुन्थ्यो । गंगा लामिटारे, हरि फुँयाल, अर्जुन रसाइली, आरबी खड्का, आदिले सामूहिक रूपमा कृतिको विमोचन गर्नुभयो भने मञ्चको विकासमा सहायता गर्ने भक्त घिमिरे, डि. बि. सारूलगायत २१ व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

‘यो मेरो पहिलो पुस्तक हो,’ गीतकार न्यौपानेले भन्नुभयो, ‘आफ्ना शिक्षक लामिटारेकै हातबाट विमोचन गराउन पाएँ ।’ कार्यक्रम करिब एक सय जनाको उपस्थिति थियो ।

कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनीमाथि प्रकाश पारिएको थियो । रचना-वाचन, सांगीतिक प्रस्तुतिहरू भएका थिए । मञ्चका उपाध्यक्ष तथा विमोचन कार्यक्रम संयोजक केशव घिमिरे बैरागी माइलोको ‘सुसेली हाली बोलाउँदा’ को अडियो पनि सार्वजनिक गरिएको थियो ।

विमोचित कृतिमा न्यौपानेले ७२ वटा गीतलाई संग्रह गरेका छन् । नेपालमा मुद्रण गरिएको कृतिको मूल्य ९.९९ डलर राखिएको छ । ‘त्रिवेणी साहित्य मञ्चले निकालेको यो पहिलो कृति हो,’ बैरागी माइलोले भूटान न्युज सर्भिसलाई जानकारी दिनुभयो ।

मातृभाषा र साहित्यको विकासका लागि साहित्य मञ्चको स्थापना स्थानीय स्तरका स्रष्टाहरू समेट्ने गरी सन् २०१७ मा ह्यारिशवर्गमा भएको हो । मञ्चले महिना-महिनामा रचना-वाचन गर्दै आएको छ र तालिमहरू पनि चलाउँदै आएको छ । तेस्रो मुलुक पुनर्वासपछि आफ्नो भाषासंस्कृति जोगाइ राख्न १३ डिसेम्बर २०१४ मा स्थापित युवाहरूको समूह ‘मातृभाषा संरक्षण समूह’ विश्वभरका स्रष्टा समेट्छ भने मञ्चले स्थानीय स्रष्टा समेट्ने गरेको बैरागी माइलोले बताउनुभयो ।

(कोइराला, अक्षरिका नेपाली न्युजलेटरका सम्पादक पनि हुन् ।)

Latest News

लेखनाथ जयन्ती सम्पन्न

ह्यारिस्बर्गः २९ दिसम्बरः आइतवारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५...

More Articles Like This