Wednesday, September 22, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

राशन कटौती भएकोमा शरणार्थी खिन्न

Must Read

तिलक निरौला, न्यु ह्याम्प्सर

झापा र मोरङमा बस्दै आएका भुटानी शरणार्थीहरुलाई दिईदै आएको खाद्य सामग्रीको परिमाणमा कटौती गरिएको प्रती शरणार्थीहरुले दुःख ब्यक्त गरेका छन् ।

शिविर व्यवस्थापन कार्यालयमा धर्ना दिंदै शरणार्थी
शिविर व्यवस्थापन कार्यालयमा धर्ना दिंदै शरणार्थी

बेलडाँगी शरणार्थी शिबिर र मोरङको पथरी शिबिरमा रहेका करिब १७ हजार शरणर्थीहरुले बिश्व खाद्य कार्यक्रम मार्फत पाउदै गरेको सहायतमा कटौती गरिएकोमा दुख ब्यक्त गरेका हुन् । खाद्य सामाग्री कटौती गरेको भन्दै शरणार्थीहरुले शिविर व्यवस्थापन समितिको कार्यालयय अगाडी धर्ना समेत दिएका छन् । दातृ निकायले दुई  बर्षयता सहयोग नगरेका कारण सहायता कटौति गर्नुपरेको बिश्व खाद्य कार्यक्रम डब्लुएफपीले जनाएको छ ।

विश्व खाद्य कार्यक्रमको राशन कटौती सूचना
विश्व खाद्य कार्यक्रमको राशन कटौती सूचना

झापा र मोरङमा बस्दै आएका भुटानी शरणार्थीहरुलाई दिईदै आएको खाद्य सामग्रीको परिमाणमा कटौती गरिएको प्रती शरणार्थीहरुले दुःख ब्यक्त गरेका छन् ।

शरणार्थीहरुले खाद्य सामाग्री कटौती हुदा खान नपुग्ने भन्दै सहायता नघटाउन आग्रह गरेका छन् | “पहिला दिदै आएको खाद्यन्न नै थोरै थियो, त्यसमा पनि कटौती गर्दा साह्रै दुःख लागेको छ” बेलडाँगीका शरणार्थी सन्तबिर घलेले भने |

विश्व खाद्य कार्यक्रमले शरणर्थीहरुलाई दिदै आएको खाद्य सामाग्रीहरुमा नून, पोसिलो पिठो र चिनी कटौती गरेको छ । त्यस्तै बिगतमा एक ब्यक्तिलाई प्रति महिना १२ किलो चामल दिदै आएकोमा अब १० किलो मात्र उपलब्ध गराउने जनाएको छ । त्यस्तै दाल, खाने तेल लगायतका अन्य खाद्य सामाग्रीको परिमाणमा पनि कटौती गरेको छ ।

अपाङ्ग, असक्त, बालिबालिका, सुत्केरी, गर्भवती लगायतको हकमा भने खाद्य सामाग्रीको परिमाणमा कटौती नगरिने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जनाएको छ । खाद्यसामाग्रीको परिमाणमा कटौती गरेकामा शिविर व्यवस्थापन समितिले बिज्ञप्ती जारी गर्दै सहायता नघटाउन आग्रह गरेको छ ।

 

Latest News

Elderly left in Bhutan refugee camp

Thirty years after they were driven out of Bhutan, and after spending all that time in camps in eastern...

More Articles Like This