मिनिसोटाका भूटानीले मनाए दशैं

26644
671

भुटनीज कमिटी एसोसीएसन अफ मिनीसोटाले आज हिन्दूहरुको महान चाड दशैँ २०६८ लाई हर्षोल्लासका साथ स्थानीय सँस्था इन्टरनेसनल इन्स्टिच्युट अफ मिनीसोटाको हलमा मनाएका छन् ।

कार्यक्रमका अध्यक्ष गोविन्द ढुङ्नाले गर्नु भएको थियो भने अथितिमा डा.छविलाल शर्मा, स्थनीया सस्था मोंग अमेरिकन साझेदारीका प्रतिनिधि सुसन मोह, लगायत अन्य भुटानी–नेपालीहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमा भुटानी बृद्ध, १०४ वर्षीय लक्ष्मण चौहानलाई डा.छबिलाल शर्माले ढाका टोपी लगाएर समान ब्यक्त गनुभएको थियो । त्यसै गरी मिनीसोटामा पुर्नवाश भइबस्नु भएका कलाकारहरुले आफ्नो प्रतिभाहरु प्रस्तुत गरी दर्शक मानुभावहरुलाई मनोरन्जन दिलाइका थिए । नर्थ डाकडाबाट आएका अथिति कलाकारहरु डम्बर खापुङ, शर्खर सुब्बा, प्रकाश गुरुङ, लगायत अन्य कलाकारहरुको नेपाली गीत तथा नृत्य प्रस्तुत गरी भरभुर मनोरंजन दिएका थिए ।

विशेष चाडको अवसरमा आयोजक समितिले नृत्य प्रतियोगिता पनि रखेको थियो । सो प्रतियोगितामा भुटानी नृत्य शिक्षक प्रकाश राई, मोहन चौहान, विशाल क्षेत्रीलगायत डम्बर खापुङ निणयक समितिमा रहेका थियो । कार्यक्रमा दशवटा नृत्य प्रस्तुत गरिएकोमा आइता तामाङ र साथीहरु प्रथम भएका थिए, दोस्रो रेनुका होमागाइ, तेस्रोमा विद्या भटराई र बालकलाकारबाट सुस्मिता अधिकारी प्रथम हुनुभएको छ ।

अर्जुन प्रधान र रिचा शर्माले संचालन गरेको कार्यक्रममा करिव एक हजार भुटानी नेपालीहरुको सहभागिता रहेको थियो ।