भूटानी नेताहरूको व्यवहार र पुनर्वास भएका शरणार्थीको पीडा

26644
1244

हेम गिरी, शनिश्चरे

भूटानी शरणार्थीहरुले नेपालमा शरण लिएको करिब २३ वर्ष भएको छ । यो अवधिमा कतिपय भूटानी नेताहरू तेस्रो मुलुक पुनर्वास भिइसके भने कति नेताहरूले लाखौंको खेती गर्दै नेपालमै बसिरहेका छन् । भूटानी शरणार्थीको स–सम्मान स्वदेश फिर्तीको माग गर्दै लाखाँै रुपैयाको खेती गरेका र अहिले पनि गरिरहेका नेतृत्वपंक्तिका मानिसहरू धेरै छन् । स्वदेश फिर्ती अन्दोलनको निहु गरी पैसा कमाउने काममा सक्रिय देखिएका धेरै भूटानी नेताहरू आज–भोलि शिविरमा हुने गतिविधिबाट टाँडिदै आएका छन् । भूटानी शरणार्थी शिविरमा अहिले कुनै पनि नेता खोज्दा पाइँदैन । हुन त पहिले पनि शिविरमा त जोगेन गजमेर, नाराद अधिकारी, रतन गजमेर लगायत नेताहरू मात्र बस्ने गर्दथे । अन्य नेताहरूको बस्ने स्थान थियो दमक, विर्तामोड, काठमाडौँ अनि भारत । अहिलेको सन्दर्भमा कुरा गर्दा चाँहि, भूटानी नेताहरूलाई शिविरमा खोज्दासमेत भेटिदैन । भूटानको ऐतिहासिक पार्टी भुटान पिपल्स पार्टीका सभापति बलाराम पौडेल, भूटान राष्ट्रिय प्रजातान्त्रिक आन्दोलन सङ्घर्ष समितिका अध्यक्ष टेकनाथ रिजाल लगायतका नेताहरूले काठमाडौँमा बैठक गरेर स्वदेश फिर्ती अभियानलाई स–सक्त रूपमा अगाडि बढाउने कुरा ‘बालुवामा पानी हाले’ जस्तो हुन पुग्यो । ती नेताहरू कै उक्त अभियान सफल हुन सकेन ।

अहिले भूटानी नेताहरूले शरणार्थीको समस्यलाई चासोको विषयका रुपमा लिन छोडिसकेका छन् । शिविरमा राहतबाट बन्चित भूटानी शरणर्थीले आफ्नो पहिचानको लागि र शिविरमा शरणार्थी सरह बस्न पाऊँ भनेर आमरण अनशन गरेका थिए । तर, उक्त आमरण अनशनमा कुनै पनि पार्टीका नेताहरूले सम्बन्धित पक्षसंग अन्दोलनकारीका माग सम्बोधन गरिदिन आग्रह गरेनन् । उक्त आमरण अनशनलाई नेपालमा रहेका भूटानी पार्टीका नेताहरूले बेवास्ता गरे पनि नेदरल्याण्डनिवासी भूटानी अधिकारकर्मी लक्ष्मी ढकालले टेकनाथ रिजालको पार्टीमा पुनर्वास भएका भूटानी शरणार्थीले संयुक्त रूपमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पठाएको ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यलयमा पुर्याइदिनोस् भन्ने इमेल गरेता पनि रिजालको पार्टीले त्यो कुरालाई वास्तै गरेन । उनीहरलाई टन्न पुगेको छ, अरूको के मत्लब र ? उनी जेलमा हुँदा र उनको रिहाइपछि मुष्टिदान गरेका भूटानी जनताको मागप्रति मौन (चुपचाप) बसेका रिजाल जस्ता नेताहरू शरणार्थीदेखि घृणित हुँदै छन् । नेपालमै रहेका नेताहरू नै भूटानी शरणार्थीहरुको मागप्रति चुपचाप देखिएपछि तेस्रो मुलुक पुगेका नेताहरू बोल्नुको अर्थ के त ? बरु भूटानी निष्ठावान नेता रोङथोङ जिउँदो रहेको भए, उनले बोल्ने थिए होला । भूटानी शरणार्थीहरुले को नेता कस्तो भन्ने कुरा बुझिसकेका छन् । नेताहरुबाट हुने झिनो आशा अब शरणार्थीहरुले एउटा झुठो आश्वसनको रूपमा लिन थालिसकेका छन् । भूटानी नेताहरूको शरणार्थीलाई स–सम्मान भूटान फर्काउँछौ भन्ने कुरा त अब ढुङमा फूल रोप्दा फुल्छ होला तर त्यो अभियान कुनै पनि हालतमा सफल हुँदैन । म यो कुरा ठोकुवा दिएरै भन्न सक्छु । भूटानी नेताहरूको चाल र चरित्रले यी सम्पूर्ण कुराहरू स्पष्ट रूपमा बझाएको छ । ‘जो अगुवा उही बाटो……’ भने झैँ अभियान मै लागेका पार्टीका अग्रज नेताहरू नै तेस्रो मुलुक पुनर्वास भएपछि कसरी उनीहरूको अभियान सफल हुन्छ त ? भूटानी पार्टीभित्र देखिएको बेमेल, फुट र अन्तरसंघर्ष कारण नै स्वदेश फिर्ती अभियान सफल हुन सक्दैन । अर्कोतिर त्यसै कारणले गर्दा भूटानी पार्टीका अग्रज नेताहरू धमाधम पुनर्वास हुँदैछन् ।

भूटान प्रजातान्त्रिक पार्टीका अध्यक्ष थिन्ले पेन्जोर र प्रवक्ता नारद अधिकारी सहित डि आर कट्टेल, राजमान गुरुङ, रतन गजमेर, जगेन गजमेर, छविलाल तिम्सिना, गोपाल गुरुङ आदि नेताहरू तेस्रो मुलुक पुनर्वास भइसकेका छन् भने भूटान फर्काउने पार्टीका आर.के बुढाथोकी, केवी खड्का र शान्तिराम नेपालको शिविरमै हत्या भएको छ ।

शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) ले अमेरिका, युरोप तथा अस्ट्रेलिया लगायतका आठ मुलुकमा भूटानी शरणार्थीलाई पुनर्वास गराउँदै आएको छ । पुनर्वास भएका कतिपय नेताहरूले आठै मुलुकबाट एकैचोटि भूटान फर्काउने अभियान सुरु गर्ने आफ्नो फेसबुक पेजबाट बताए पनि अब त्यस्ता कुरा शरणार्थीहरुले कुनै पनि अवस्थामा पत्याउने छैनन् । मलाई लाग्छ, भूटानमा प्रजातन्त्र हुनुपर्छ भन्ने नेताहरु अहिले तेस्रो मुलुकमा मजदुर सरह भएका छन् । भूटानी नेताहरूले स्वदेश फिर्ती अभियानलाई चासोको विषयमा नहेरेपछि भूटानी शरणार्थीभित्र रहेको एउटा आशा र भरोसा निराशामा बदलिएपछि उनीहरू पनि धमाधम तेस्रो मुलुक हानिन थाले । पछिल्लो जानकारी अनुसार करिब ७५ हजार भूटानी शरणार्थीहरु अमेरिकामा मात्र पुनर्वास भइसकेका छन् । शिविरमा अहिले न त स्वदेश फिर्ती अभियान चलेका छ न त शरणार्थीले स्वदेश फिर्ती अभियान सञ्चालन गर्ने पार्टीका नेताहरुसँग आफ्नो समस्या र माग राख्न पाएको छन् । भूटानी नेताहरूको कार्यशौली नियाल्दा मलाई लाग्छ उनीहरू चरित्रहीन भइसके । टेकनाथ रिजाल र बलाराम पौडेलले आफू तेस्रो मुलुक नगएता पनि उनीहरूले आफ्नै सन्तानहरुलाई तेस्रो मुलुक पुनर्वास गराइसकेका छन् । कुनै विषयको प्रेस विज्ञप्ति बाड्न खप्पिस पौडेलले शरणार्थीको समस्याबारे किन टाढिन खोज्दै छन् त ? अनि, अन्दोलनलाई पछि सारेर पूर्णरुपले लेखन कार्यतिर लागेको भन्दै शरणार्थी समस्याबाट पन्छिने तर शरणार्थीको वरिष्ठ नेता हुँ भनेर नेपाल सरकारबाट ३६ लाख चुसेका टेकनाथ रिजालले पनि किन शरणार्थीहरुको समस्याप्रति आफ्नो ध्यान केन्द्रीत गर्दैनन् त ? शरणार्थीसम्बन्धि विभिन्न सघं संस्थाबाट नियमितरुपमा पैसा चुसिरहने हाम्रा भूटानी नेताहरू नै शरणार्थीहरुको समस्या र मागको आवाज सम्बन्धित पक्षसामु उठाउँदैन भने शरणार्थी शिविरमा बसेर भूटान फिर्ने आशा राख्नुको के अर्थ भयो र शरणार्थीले ? अहिले साच्चै भन्नु हो भने भूटानी नेताहरूको स्वदेश फिर्ती अभियानमा तुषारापात भइदिएको छ । मलाई लाग्छ, अब भूटानी नेताहरूले स्वदेश फिर्ती अभियानलाईभन्दा तेस्रो मुलुक पुनर्वास भई पीडा र समस्याको बाबजुद काम गर्दै आएका भूटानीहरुको पक्षमा वाकलत गर्नु पर्छ । किन कि, तेस्रो मुलुक पुनर्वास भएका अधिकांश भूटानी शरणार्थी पिटाई र लुटाईको सामना गर्न बाध्य भइरहेका छन् । शरणार्थीहरुले तेस्रो मुलुकमासमेत असुरक्षाको महसुस गरिरहेका छन् ।

भूटानी नेताहरूको स्वदेश फिर्ती अभियान विफल भएपछि सुखी जीवन बिताउलान भनेर सुन्दर सपना बोकेर तेस्रो मुलुक पुनर्वास भएका शरणार्थीहरुले पिटाइ र लुटाइको सामना गर्नु परेपछि कुन चाँहि शरणार्थीको मन नअल्मलिएला ? तेस्रो मुलुक पुनर्वास प्रक्रियाअन्तरर्गत अमेरिकाको फ्लोरिडास्थित ज्याक्सनभिल सहरमा पुगेका भूटानी शरणार्थी हरि अधिकारीको अमेरिकन नागरिकले गोली हानी हत्या गरेका थिए । त्यसै गरी अमेरिकाकै वाल्टिमोर राज्यमा पुनर्वास भएका शरणार्थी विकाश गुरुङकोसमेत गोली हानी हत्या गरिएको थियो । उता अस्ट्रेलियामा शनिश्चरे शिविरमाबाट प्रस्थान भएका दुई दाजुभाइ पूर्ण क्षेत्री र राम क्षेत्रीको पनि कार दुर्घटानमा ज्यान गएको थियो । उता अमेरिकाकै न्यूयोर्कमा पुगेका छत्र क्षेत्रीको हत्या भएको थियो । पुनर्वास भइकन पनि यत्रो संख्यामा भूटानी शरणार्थीको हत्या भइसक्दासमेत कुनै पनि भूटानी पार्टीको नेताले प्रेस विज्ञाप्ति जारी गरी उक्त घटान प्रति शोक व्यक्त गरी दोषीलाई कारबाहीको माग गर्न सकेको छैन ।

मलाई लाग्छ, हाम्रा भूटानी राजनीतिका दलहरुसँग शरणार्थीको हत्या गर्ने दोषीलाई कारबाहीको माग गर्ने हिम्मत पनि छैन होला । मलाई केही साता अघि अमेरिकाको न्यूयोर्क राज्यामा पुनर्वास भएका एक जना साथीले फेसबुक मार्फत दुखेसो पोख्दै यसरी लेखे ‘हामीले अमेरिका पुनर्वास भएपछि सुन्दर जीवन बनाउने लक्ष्य राखेको थियौँ । तर यहाँ त असुरक्षा मात्रै रहेछ । हामीले कहिल्यै सोचेका थिएनौं कि हामीले अमेरिकामा पिटाई खाने छौँ भनेर’ । साथीको यो म्यासेजले गर्दा मलाई झनै हाम्रा ती चरित्रहीन नेतृत्व प्रति घृणा जागेर आयो ।

यस्ता घटनाहरूको पुष्टि भएता पनि भूटानी नेताहरू र शरणार्थी पुनर्वास कार्यक्रममा संलग्न संस्थाहरुले त्यसको निराकरणमा पाइला चलाएका छैनन् । कहिले हत्या, कहिले आक्रमण र पिटाइ, कहिले जागिर नपाउँदाको पीडा सहेर तेस्रो मुलुकमा बसेका भूटानी शरणार्थीहरुको समस्या र पीडालाई सम्बन्धि पक्ष सामु आवाज उठाउन कुनै पनि भूटानी राजनीतिक दलहरू अगाडि सरेका छैनन् ।

[email protected]

26644 COMMENTS

  1. Don’t say that Bhutanese refugee have political leaders or human right activists !!!!people will laugh at you. They are just ordinary people. I get confused when I see some names above whom you called them Leaders. I don’t understand why they are called leaders. I don’t understand whom/ what they lead. Or do they have leadership quality ???? Do they know who the leader is??? Do they really know what is a politics or human right ??? Do they know what a democracy is ??? No one will be a leader just posting some videos on you tube or writing few articles on news paper and calling themself as political leader, human right activists, prisoner of conscience or so on !!!!!!!

  2. “Kishmat”, You are absolutely right !!!! I know Hem Giri is a young writer and does not have enough knowledge about bhutan and bhutanese movement. This does not not mean that i am discouraging you to write, Keep writing. Better bring some stories from the side of people who are always waiting for justice (which is never going to happen never). Bring some stories of inspiration for struggle. That’s what the readers love to read. This is really boring topic. It is up to you to write it about leaders again, but readers are not attracted towards such articles again. !!!!!! leaders? Bala Ram? penjor? Narad Adhikari? others? Have no any idea how they became so called leaders!!!!!!!

Comments are closed.