Home नेपाली समाचार भानु जयन्तीमा कविता प्रतियोगिता

भानु जयन्तीमा कविता प्रतियोगिता

0
भानु जयन्तीमा कविता प्रतियोगिता
राजेश कोइराला
न्यु ह्याम्सर, ७ साउन – भूटनीज कम्युनिटी अफ न्यु ह्याम्सर (बिसिएनएच) को आयोजनामा आइतबार म्यानचेस्टरमा १ सय ९९ औँ भानुजयन्ती मनाइयो । कार्यक्रममा बुबाहरूको बालन र आमाहरूको संगिनी नाच निकै रोचक थियो ।

कार्यक्रममा कविता-प्रतियोगिता भएको थियो । देवी खनाल र राजेश कोइराला निर्णायक रहेको उक्त प्रतियोगितामा सात कविमध्ये शिवलाल अधिकारी पहिलो, रविन पाठक दोस्रो र लक्ष्मी मिश्र तेस्रो भए ।

कार्यक्रमको अर्को भागमा न्यु ह्याम्सर राज्यका विभिन्न हाइस्कूलबाट यस वर्ष ग्य्राजुएसन गर्ने करिव अढाई दर्जन विद्यार्थीहरू अभिनन्दित भएका थिए । उनीहरूले टिका आचार्यको सहयोगमा एक-अर्काको परिचय पनि गराएका थिए ।

रोहित सुवेदी, मन्जु खड्का, श्याम गौतम, दिक्षा मिश्र आदिले कार्यक्रम सञ्चालन गरेका थिए भने लाक्पा तामाङ, रोहित सुवेदीले गजल सुनाएका थिए । विष्णु खड्का, भगीरथ खतिवडा, नारद अधिकारीले मन्तव्य दिएका थिए ।

कार्यक्रममा भानुभक्तको फोटोमा माल्यार्पणका गर्नुका साथै जीवनी पढेर सुनाइयो । मन्जु खड्का, चुडामणि निरौला, कमल बस्नेतले अप्रतियोगी गीत र कविता सुनाए भने अन्तरा तामाङले ‘जुन त लाग्यो ताराले — ‘ बोलको गीतमा नृत्य गरेकी थिइन ।