बिपिपिले परराष्टमन्त्री नारायण काजीमसमक्ष चडायो अपिलपत्र

26644
588

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका उप-प्रधान तथा परराष्टमन्त्री नारायण काजी श्रेष्ठसमक्ष भुटान पिपल्स पार्टीले  एक ज्ञापनपत्र बुझाएको छ । आज उक्त पार्टीका अध्यक्ष बलराम पौडेलद्वारा सिंह दरवारस्थित परराष्ट मन्त्रालयमा वहाँसित भेटवार्ता गरी चार बुँदे मागसहितको अपिल चठाएका हुन् ।

विज्ञापिप्तमा उन्लेख गरिएको छ कि नेपालका प्रधानमन्त्री र भुटानका प्रधानमन्त्रीबिच गत महिना माल्दिभ्समा सम्मन्न दक्षिण एसियाली सहयोग संगठन-सार्क)को सत्रौं शिखर सम्मेलनमा भएको अनौपचारिक वार्तापछि नेपाल सरकारले द्विपक्षीय वार्ताकोलागि भुटानी सरकारलाई पत्र चठाएपछि शरणार्थीहरुमा स्वदेश फिर्ने खुसी छाएको छ । त्यसै खुसीमा पैडेलले द्विपक्षीय वार्ताले मात्र शरणार्थीहरुको स्वदेश फिर्ती अभियान सफल नहुने किन्तु त्यसमा छिमेकी भारतको पनि सहभागिता हुनुपर्नेमा पौडेलले जिकिर गरेका छन् । “भूटानको परराष्ट्र नीति, सुरक्षा र विकासमा समेत महत्वपूर्ण भूमिका खेल्दैआएको र शरणार्थी समस्याबारे सुरूदेखि नै मौन रहने गरेको  छिमेकी मुलुक भारतको सहभागिता बिना यस मुद्दाले निकासा नपाउने विगतका घटनाक्रमले पनि स्पष्ट निर्देशित गरिसकेको छ “, अपिलमा भनिएको छ | अपिल यहाँ डाउनलोड गर्नुहोस्

उक्त ज्ञापन पत्रमा भूटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानकालागि एउटा स्थायी कार्यदलको गठन, दर्ता छुटेका, परिचयपत्र नपाएका, राहत वञ्चित र मिश्रित विवाह गरेका शरणार्थीहरूको यथाशीघ्र छानबीन गरी अन्य शरणार्थीसरह मान्यता दिन आग्रह, भूटानी शरणार्थी समस्या यथाशीघ समाधानका लागि भारतसहित बहुपक्षीय वार्ता आरम्भ गर्न आग्रह र भूटानको राजनीतिक समस्या समाधान नभएसम्म या शरणार्थी स्वदेश फिर्तीको वातावरण नबन्दासम्म शरणार्थी भूटानी राजनीतिकर्मी, दलका नेता र मानवअधिकारकर्मीलाई राजनीतिक शरणको व्यवस्था गर्न आग्रह गरिएको जस्ता मूख्य विषयहरु छन् ।