बिएएससी फुटबल प्रतियोगिता २०१८ सम्पन्न

26644
834

न्यु ह्याम्सर । जर्जियाले किशोर र नर्थ डकोटाले किशोरीतर्फ विजय हासिल गर्दै बिएएससी फुटबल प्रतियोगिता २०१८ ओहायोको सिन्सिन्याटीमा सम्पन्न भएको छ । यसपटकको प्रतियोगिता किशोरतर्फ आठौं र किशोरीतर्फ चौथो प्रतियोगिता हो । यसअघिका प्रतियोगिताहरू: टेक्सस, सियाटल, मिनेसोटा आदि स्थानमा भएका थिए ।

भूट्निज अमेरिकन स्पोर्ट्स काउन्सिल (बिएएससी) ले गराउँदै आएको यो राष्ट्रिय फुटबल प्रतियोगिता (नेसनल सकर टुर्नामेन्ट) वर्षेनि हुन्छ । यसपटक भूटनिज कम्युनिटी अफ सिन्सिन्याटी (बिसिसी) को आयोजनामा भएको थियो ।

प्रतियोगितामा सहभागी कूल ३५ समूहमध्ये अमेरिकाका २८ र क्यानडाबाट १ गरी २९ किशोर समूह तथा ६ वटा किशोरी समूह मैदानमा उत्रिएका थिए । जुलाई ६, , र ८ का दिन स्थानीय जोयस पार्कमा भएको खेलको फाइनलमा किशोरतर्फ जर्जिया र क्यानडा तथा किशोरीतर्फ नर्थ डकोटा र केन्टकी समूह पुगेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी पेमा तामाङ्ग तथा उषा मगर भए । खेलका लागि १५ जना प्रमाणपत्रप्राप्त भूटानी रेफ्रीहरू देशभरबाट भेला भएका थिए ।

आउनेजाने गरी दर्शकको कूल संख्या ४५ हजार पुगेको अनुमान र खेल प्रतियोगिताको जम्मा बजेट ५० हजार डलर भएको आयोजक संस्थाले जनाएको छ ।

युवा पिढीको आकर्षणलाई जारी राख्न हामीले यसपटक होस्टमा हैंसे गरेका हौं,” आयोजक संस्था भूटनिज कम्युनिटी अफ सिन्सिन्याटीका कार्यकारीनिर्देशक तथा पूर्वउपाध्यक्ष खेम रिजालले बताए ।

प्रतियोगितालाई एसके फुड्स, सुगर क्रिक, अमेरिकेयर, जेफ वाइलर, ग्यालेक्सी ग्रोसरी, नेपाली स्पाइसी ग्रोसरी, ओम दर्नाल ज्वेलर्स, हाम्रो ग्रोसरी, डिपी फेसन स्टोर, सगरमाथा ग्रोसरी, स्टार वान, हिलम्यान, जाकोआ आदि व्यवसायी संस्था तथा अरू धेरै व्यक्तिगत सहयोग प्राप्त भएको थियो ।

सन् २०११ मा स्थापित भूट्निज अमेरिकन स्पोर्ट्स काउन्सिल (बिएएससी) सन् २०१६ मा गैरनाफामुखी संस्थाका रूपमा दर्ता भएको छ ।

Comments are closed.