Home नेपाली समाचार प्रहरी जवानले शरणार्थीको नगद लुटे

प्रहरी जवानले शरणार्थीको नगद लुटे

1

मोरङ शनिश्चरेमा एक प्रहरीले भुटानी शरणार्थी शिविरका सोमनाथ अधिकारी र उनकी छोरीलाई ८ चैत साँझ कुटपिट गरी उनीहरुका साथमा रहेको नगद लुटेको खुलेको छ ।

शनिश्चरे शरणार्थी शिबिर सेक्टर सि ३ छाप्रो नम्बर ७ का सोमनाथ अधिकारी र उनकी ११ बर्षे छोरी खिनमायालाई पथरी बजारबाट शिविर फर्कंदै गर्दा प्रहरी जवान दिलिप यादवले बाटोछेकी कुटपिट गरी साथमा भएको नगद दुईहजार लुटेका थिए ।

अहिले यादवलाई पथरी प्रहरीले नियन्त्रणमा लिई कार्वाही अघि बढाएको छ । यादवले लुटेको नगद दुइहजार पीडित अधिकारीलाई फिर्ता दिलाइएको शनिश्चरे शिबिरस्थित शरणार्थी समन्वय एकाईले जनाएको छ ।

1 COMMENT