प्रहरीसंगको मुठभेडमा एक घाइते

26644
667

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमकको हिमालय चियावगान अगाडि १६ फागुन अपराह्न डकैती तथा ज्यान मुद्दाका आरोपी एक भूटानी युवक प्रहारीसँगको मुठभेडमा घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोरङको शनिश्चरेस्थित शरणार्थी शिविरमा बस्ने यी युवकमाथि दमकमा बैङ्क डकैती, मोरङमा सुनपसल लुटपाट र हत्याको अभियोग लागेको बताइएकोछ ।

चियाबगान अगाडिको चिया पसल नजिक रहेका करिब २९ वर्षीय उनलाई सादा पोषाकमा रहेका प्रहरीले शङ्का लागी बोलाउँदा उनले प्रहरीसँग भएको पिस्तोल खोस्न खोजेको र त्यसक्रममा भएको मुठभेडमा बायाँ कोखामा गोली लागी उनी घाइते भएको प्रहरी उपरीक्षक मुकुन्द आचार्यले बताए ।

घाइते ती युवकलाई दमकस्थित लाइफलाइन अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।