Saturday, September 18, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

पेन्सलभानियामा सबभन्दा बढी भूटानी

Must Read

सन् २००८ मार्चमा अमेरिकालगायत विश्वका ८ मुलुकमा थालिएको नेपाली-भाषी भूटानी शरणार्थीको पुनर्स्थापनाले ६ वर्ष पूरा गरेको छ । यस अवधि (सन् २०१४ मार्च अन्तसम्म) मा अमेरिकामा ७४ हजार ७ सय ६२ जना पुनर्स्थापित भएकाछन् ।

गत मार्च अन्तिमपछि अप्रिल ८ मा नै ७५ हजारौँ व्यक्तिका रूपमा तिलकचन्द घिमिरे अमेरिका आइपुगेकाछन् । राज्यपिच्छे कति भूटानी भन्ने तथ्याङ्क भने मार्च अन्तिमको प्राप्त भएकाले यहाँ त्यही तथ्याङ्क प्रस्तुत गरिएको छ ।

सन् २००८ पछि सन् २०१४ मार्च अन्तिमसम्ममा ४१ राज्यमा भूटानी शरणार्थीको पुनर्स्थापना भएको छ ।

यो सङ्ख्या अमेरिकी सरकारले ल्याएर पुनर्स्थापना गराएको ठाउँअनुसारको सङ्ख्या हो । अमेरिकामा एक राज्यबाट अर्को राज्य वा ठाउँबाट अर्को ठाउँमा बसाई सर्न पाइने भएकाले अहिले यही सङ्ख्यामा भूटानीहरुको त्यहीँ बसोबास नभएको हुनसक्छ र विदेश मन्त्रालयले राज्यपिच्छेको सङ्ख्यामा थोरै कम-बेसी हुनसक्ने बताएको छ ।

यसको पूर्ण विवरण ज्ञानज्योति केन्द्रको प्रकाशन “अक्षरिका पाक्षिक“मा हेर्न सकिनेछ।

सौजन्यः राजेश कोइराला

1 COMMENT

Latest News

Elderly left in Bhutan refugee camp

Thirty years after they were driven out of Bhutan, and after spending all that time in camps in eastern...

More Articles Like This

%d bloggers like this: