Wednesday, September 22, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

किराँत राइको संगठन र साकेला कार्यक्रमको घोषणा

Must Read

किराँत राईहरुका मौलिक सांस्कृतिक पर्वहरु, चाडहरु र विशेष नाचहरुलाई  मनाउन र निरन्तर प्रयोगमा ल्याउन किराँत राईको संगठन  Bhutanese Kirat Rai Organization of America,Inc नामक संस्था को गठन भएको कुरा एक प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ | सो विज्ञप्ति अनुसार गत सालको इरी शहरमा मनाइएको साकेला भेलाले  यो संस्थालाई औपचारिक बनाएको थियो |kirat flyer copy2-5

राईहरुको यो सङ्गठनले आउँदो मई महिनामा विभिन्न राज्यमा मनाइने उभौली साकेला पर्वको मिति घोषणा गरेको छ, जस अनुसार मई १४ मा मेरिल्याण्ड राज्यको रिभरडेलमा, मई २१ मा पेन्सिलभेनियाको इरीमा र मई २९ मा म्यासाचुसेट्स राज्यको स्प्रिंगफिल्डमा हुने भएको छ |

प्रकृतिको र जननी भूमिको पूजा गर्ने चलन राईहरुले प्राचिन कालदेखि मान्दै ल्याएको छ र अमेरिका बसोबास पछीपनि भुटानी किराँत राईहरुले यो पर्व २०१३ साल देखि नै मानिल्याएका छन् |

उक्त सङ्गठनले जारि गरेको यो विज्ञप्ति अनुसार म्यासाचुसेट्समा मनाइने साकेला- २०१६ केन्द्रीय तहको हुनेछ |

 

Latest News

PF distributed winter clothes to children in refugee camps in Nepal

The Punya Foundation has recently distributed winter clothes to Bhutanese refugee children and the local host community in Nepal. According...

More Articles Like This