आमरण अन्सन उठ्यो

26644
443

बाह्र भुटानी शरणार्थी महिलाहरुले बाह्र दिनपछि राहत तथा पहिचानको माग गर्दै क्याम्प ब्यवस्थापन समितीको कार्यलय अघि बसेको अमरण अनसन शनिबार ४.३० बजे तोडेका छन् ।

शरणार्थी समन्वय इकाई तथा जिल्ला प्रशासन कार्यालय झापाका  सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दाहाल सहितको टोलीले गृह मन्त्रालयको निर्देशन बामोजिम अनसनकारीका ४ बुदे मागलाई ५ महिना भित्रमा कार्यान्वयन गर्न भनि लेखित प्रतिबद्धता जानएपछि तोडेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दाहाल र अनसनकारी महिला दुर्गा देखि बिस्ट विच शरणार्थी दर्ता, शरणार्थी पुर्नगणना कार्यमा शरणार्थी दर्जा पाइ पुनर्गणना कार्यमा अनुपस्थितहरु फोटो खिचाइ ,शरणार्थी दर्जा नपाएका ,मिश्रित विवाहको समस्या आजको मितीले ५ महिनामा छानविन प्रकृया शुरु गर्ने कार्यमा लेखित सहमति जनाएका छन् ।

उक्त सहमतिमा स्थानीया पत्रकार मानब अधिकारवादी भुटान स्वदेश फिर्ती प्रतिनीधि लगयत स्थानीया सघं सस्थाका प्रतिनीधिहरुको उपस्थिती तथा रोहवर रहेको थियो ।

अनसनकारीहरुसगँ समहिती भएपछि सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दाहालले महिलाहरुलार्य ख्ााद्धा ओडाइ सम्मान ब्यक्त गर्नुभएको थियो भने महिला दिदी बहिनीको् स्वस्थ्य जाच गराउनका लागि आम्दा अस्पताललाई जिम्मा दिएको थियो ।

पटक पटक माग लाइ लिखित सहमति मात्र भएको छ भनि भुाटन समाचार सेवाले प्रशन गर्द विस्ट भन्छिन्, “यसपटकको मागले हामी सबैको सम्मान गर्ने छ । पाँच महिना भित्रमा पनि पहिलाको जस्तै भएमा हामी यो भन्दा पनि कडा रुपमा आन्दोलन गर्ने छौ ।”