आप्रबासमा तीज कार्यक्रम अझै चल्दै

26644
656

अमेरिको पुर्व क्यारोलिनास्थित चारलोटमा पुर्नवाश भएका भुटानीले नेपाली नारीहरुको विशेष र्पव तीज नजिकैको हिन्दु मन्दिरमा नाचगानका साथ मनाएका छन् ।

पूर्वी क्यारोलिनामा सम्पन्न कार्यक्रमका सहभागीहरु फोटो /टीपी मिश्र

हिन्दु महिलाहरुको विशेष चाड तीज मनाउनुको उद्देश्य चाहिँ हिन्दुहरुको चाडपर्वलाई संरक्षण गर्नु हो भन्छन् आयोजक समितिका प्रमुख संयोजक हस्त प्रधान ।

अयोजकका अनुसार भुटानी पण्डितहरुले मध्यान्हपुर्वको कार्यक्रममा सांस्कृतिक नियमपूर्वक ऋषि पन्चमीको पूजा सम्पन्न गरेका थिए |

साझपख, २०० बढी हिन्दु महिलाहरुको उपस्थिति रहेको नजिकैको इण्डियन अमेरिकनहरुको  मन्दिरमा भब्यताका साथ नाचगान, गजल, हाइकु वाचन कार्यक्रमको रोमाञ्चकता थियो भने टेनिसीका भुटानी कलाकारले अधुनिक गीत प्रस्तुत गरी मनोरंजन दिलाएका थिए ।

कार्यक्रममा उपश्थिीत रहेका अतिथीहरुलाई भुटानी महिलाहरुले विविध नेपाली खानाको परिकारबाट कार्यक्रम समापन गरिएको आयोजकले बताएका छन् । सो स्थानमा ६०० बढी भुटानीहरुको बसोवास रहेको छ ।

उता पछिल्लो समय अरु विभिन्न स्थानहरुमासमेत तीज कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ | न्यू योर्कस्थित भूटानी महिलाहरुले ऋषि पंचमीको अवसरमा सामुहिक स्नान कार्यक्रमको आयोजना गरेका थिए | त्यस्तै युथाहाको साल्टलेक सहरमा तीजको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ |