पुनर्बासमा पेन्जोर पनि

डुक नेश्नल काँग्रेस डेमोक्रेटिकाका अध्यक्ष थिन्ले पेन्जोर श्रीमती डिकी योन्जनसहित केही दिन अघि झापाको भद्रपुर विमानस्थलबाट तेस्रो मुलुक पुनर्वासका लागि अमेरिकातर्फ लाग्नु भएको छ ।

पेन्जोर

झापाको बिर्तामोडबाट भुटानी आन्दोलन र मानब अधिकारका पक्षमा वाकलत गर्दै आएका पेन्जोरलाई अन्तराष्ट्रिय आप्रबासी संस्था आइ. ओ. एमले काडमाण्डौस्थित ट्रान्जिट क्याम्पमा राखेको छ भने उनको अमेरिका यात्राबारे जानकारी गोप्य राखिएको छ ।

करिव एक महिनाअघि मात्र सोही पार्टी डुक नेश्नल काँग्रेस डेमोक्रेटिकका प्रवक्ता नारद अधिकार अमेरिकाको न्यू हाँम्सायरमा सपरिवार पुर्नवाश भइसकेका छन् ।

ट्रान्जिट क्याम्पमा रहेका पेन्जोरसंग भुटान समाचार सेवाले सम्पर्क गर्न सकेन ।

पेन्जोर भुटानमा प्रजातन्त्र र मानब अधिकार वहालीको लागि संघर्ष गर्न भनी बनेको एक तीन दलिय गठबन्धनका नेता पनि हुन् । भुटान पिपुल्स पार्टी, भुटान गोर्खा राष्टिय मुक्ति मोर्चा र डुक नेशनल कँग्रेस डेमोक्रेटिकको संयुक्त मोर्चा नेशनल फन्ट फर डेमोक्रेसी एनएफडीले केही वर्षअघि शरणार्थी स्वदेश फिर्तीको लागि लङ मार्च अभियान समेत चलाएको थियो ।

2 Comments

  1. थिन्ले अंकल,
    हजुरलाई म मेरो बाल्यकालबाट नै चिन्छु र हजुरको म प्रतिको प्यार आज पनि याद गर्छु….
    तपाईले बारम्बार भुटान फर्कनु पर्छ भनेका कुरा आज पनि मेरो मनमा ताजा छन्…… मलाई थाहा छ अब पनि क्याम्पमा नै बसेर केहि हुन्न तर तपाई जस्ता नेताको रुपमा कहलिएको व्यक्तिले यसरी खुट्टा कमाउनु होला भन्ने सोचेको थिइन तर बास्तबिकता ढिलै भए पनि प्रकासमा ल्याउनु भयो बदाई छ ……..
    मेरो अन्तिम अनुरोध!!! अझ पनि भुटानीको नाममा झुटको खेति नगर्नु होला…………. त्यो पुरानो मखुण्डो फालेर बास्तबिकतामा बाच्नु होला, नौटंकीलाई अब भुटानीले विश्वास गर्न सक्दैनन्……..
    म पनि चाडै यु. एस. ए. आउने सोचमा छु बाकी कुरा त्यतै गरुँला ……. तर बिन्ति छ अझ पनि भुटानीको नाममा झुटको खेति नगर्नु होला…………. त्यो पुरानो मखुण्डो फालेर बास्तबिकतामा बाच्नु होला, नौटंकीलाई अब भुटानीले विश्वास गर्न सक्दैनन्……..

  2. janta bhaye po neta hunchha ni. Janta le resettlement lai ni alternative ko rup maa li sakay bhanay aba thinley penjor le kaslai dhatera camp ma politics garne ni. better admit the guilt and follow the wave of public.anyway welcome to the land of dreams of the world. I know you will not repeat your dirty game of the politics.

Leave a Reply