‘देश खोज्दै जाँदा’ दादासाहेब फाल्के अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा

नेपाली कथानक चलचित्र ‘देश खोज्दै जाँदा’ दादासाहेब फाल्के अन्तर्राष्टिय चलचित्र महोत्सव छैटौमा दिल्लीमा अफिसियल छनौटमा परेको थियो । चलचित्र दुई विधामा अन्तिम प्रतिस्पर्धामा पुगेको थियो ।

फिचर फिल्मतर्फ नेपालबाट ‘चलचित्र देश खोज्दै जाँदा’ बेस्ट एक्टर र बेस्ट चलचित्रको नोमिनेशनमा पर्न सफल भएको थियो । जुरीको दुई हप्ताको निर्णयबाट संसारभरका सात सयभन्दा बढी फिचर फिल्महरुबाट अफिसियल छनौटमा चलचित्र ‘देश खोज्दै जाँदा’ चुनिएको हो ।

दादासाहेब फाल्के अन्तर्राष्टिय चलचित्र महोत्सवमा सहभागी ‘देश खोज्दै जाँदा’ चलचित्र समूह (सौजन्यः ‘देश खोज्दै जाँदा’ परिवार)
दादासाहेब फाल्के अन्तर्राष्टिय चलचित्र महोत्सवमा सहभागी ‘देश खोज्दै जाँदा’ चलचित्र समूह (सौजन्यः ‘देश खोज्दै जाँदा’ परिवार)

दुई हप्तासम्म चलेको महोत्सव फाल्केको जन्म जयन्तीमा अप्रिल ३०, २०१६ शनिवारका दिन टिभोली ग्रेन्ड होटल एन्ड रिसोर्ट, नयाँ दिल्लीमा एक भव्य समारोहबीच समापन भएको हो ।

दादा साहेव फाल्केलाई भारतीय सिनेमाका पिता मानिन्छ । भारतमा सर्वप्रथम चलचित्र भित्र्याएका उनको वास्तविक नाम ढुंडीराज गोविन्द फालके हो । यस वर्ष दादासाहेबको एक सय सत्चालिस औं जन्मजयन्ती पनि परेको थियो ।

उक्त महोत्सवको अन्तिम सेमिनारमा सहभागिता जनाउन नेपालबाट कलाकारहरु हेमन्त बुढाथोकी, पटकथाकार उपेन्द्र सुब्बा, लेखक/निर्देशक प्रकाश आङदेम्बे र अमेरिकाबाट आर्ट/पोस्ट प्रोडक्सन डाइरेक्टर प्रल्हाद गुरुङ आएका थिए ।

चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको नेपालको शिविर बसाइको वास्तविक कथामा आधारित छ । यस चलचित्रमा हेमन्त बुढाथोकी, बाबु बोगटी, अरुणा कार्की, मिना कोइराला, एलपि जोशी, केशव आचार्य, शिवशंकर थापा, टंक विकल्प, प्रताप सुब्बा, प्रकाश बुढाथोकी आदिले अभिनय गरेका छन् । चलचित्रको फाइनल पोस्ट प्रोडक्सनको कार्य कर्निज इफ स्टुडियो क्यालिफोर्निया (अमेरिका) मा भएको हो ।

छनोटमा परेको नेपाली कथानक चलचित्र "देश खोज्दै जाँदा"
छनोटमा परेको नेपाली कथानक चलचित्र “देश खोज्दै जाँदा”

लेखक/निर्देशक आङदेम्बे भन्छन्, ‘यो चलचित्र हाम्रो पहिलो प्रयास हो । पहिलो कार्यले नै यति ठुलो चलचित्र महोत्सवमा अफिसियल छनौट र दुई विधामा अन्तिम प्रतिस्पर्धामा आइपुग्न पाउँदा खुसी लागेको छ । चलचित्रका सम्पूर्ण सदस्यहरू प्रति आभारी छु ।’

प्रत्येक दश वर्षमा मात्र आयोजना हुने यो फेस्टिबल केही वर्षदेखि वार्षिक रूपमा हुँदै आएको छ । छोटो चलचित्र, वृत्तचित्र, विज्ञापन, गीतको भिडियो, एनिमेसन र फिचर विविध विधाहरू महोत्सवमा सहभागी रहने गर्छन् ।

यसका अलावा बाजिराहो मस्तानी (भारत), स्विट गर्लस् (स्विजरल्याण्ड), माझी द माउण्टेन मेन (भारत), मृगनभि (भारत, आसामिज), समर लिफ डफ (जापान), द पिउर हार्टेड भिलेन (तमिल), जन्जस (अर्जेन्टिना), उन हम ल मर (बेल्जियम), द रिर्टन (इरान), एडभन्चरर्स अफ अप्पु एन्ड गप्पु (अमेरिका), मिराकल्स अफ लाइफ फोर्स (जर्मनी), द बुक (युक्रेन) पनि महोत्सवमा सहभागी थिए ।

महोत्सवमा लाइफ टाइम एचिभमेन्ट अवार्ड अभिनेता मनोज कुमार, फाउण्डेशन अवार्ड बलिउड अभिनेत्री प्रियंका चोपडा तथा उन्नाइस पटक गिनिजबुकमा नाम चढाएका रामरहिम सिंहलाई दिइएको थियो ।

Be the first to comment

Leave a Reply